भूकम्पबाट १ शिक्षक र ११ जना विद्यार्थीको मृत्यु, २ सय १३ विद्यालयमा क्षति

  कार्तिक २१, २०८०

जाजरकोट /  २१ कार्तिक – जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई कार्तिक १७ गते राति ११ : ४७ मा गएको ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट २ सय १३ विद्यालयमा क्षति भएको पाइएको छ । १९ गते राति १० बजेसम्ममा प्राप्त विवरण अनुसार २ सय १३ विद्यालयमा क्षति हुनुका साथै १ शिक्षक र ११ जना विद्यार्थीको मृत्यु भएको भएको छ ।

क्षतिको विवरण आउने क्रम जारी रहेपनि अहिलेसम्म २ सय १३ विद्यालयमा क्षति भएको शिक्षा न्युजलाई जानकारी प्राप्त भएको छ । जसमा ९१ विद्यालयका ४३ वटा शौचालय, ११ वटा आइसिटी, एउटा पुस्तकालय, ७ वटा घेराबार, ४ वटा सोलार सिस्टम र ३ सय ६६ कक्षा कोठा पूर्ण रूपमा भत्किएका छन् ।

त्यसैगरी १ सय २२ विद्यालयका भवनमा आंशिक क्षति भएको छ । जसमा ४ सय ७६ कक्षा कोठा र ३५ वटा शौचालयमा क्षति भएको छ ।

अहिले सम्म भूकम्पबाट १ जना शिक्षक र ११ जना विद्यार्थीको मृत्यु भएको छ भने २ जना शिक्षक र २० जना विद्यार्थी घाइते भएको विवरण प्राप्त भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर