जाजरकोटमा फेरि ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प

  कार्तिक २०, २०८०

जाजरकोट । जाजरकोटको रामीडाँडा आसपासलाई केन्द्रविन्दु बनाएर अर्को भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आज (सोमबार) अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो । शुक्रबार राति भएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ७ हजार परिवार विस्थापित भएका छन् । यस्तै भूकम्पबाट १५३ जनाको ज्यान गएको छ ।

भूकम्पमा परी जाजरकोटमा १ सय १ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो । यसअघि जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएकामा जिल्ला प्रशासन कार्यालयले चार जनाको नाम दोहोरिएको जनाएको छ ।

ठूलो भूकम्प भएपश्चात लामो समयसम्म त्यसका परकम्प आउने गर्छन् । भूकम्पको यो धक्कालाई पनि परकम्पका रूपमा लिइएको छ ।

 

तपाईंको प्रतिक्रिया

थप खबर