जेष्ठ नागरिक खुमान गिरी सम्मानित

  कार्तिक १०, २०८०

९ कार्तिक प्युठान । झिमरुक गाउँपालिका वडा नम्बर ६, (साबिक तोरवाङ्ग-१) दहखोला बस्ने ९८ वर्ष पार गरि ९९ वर्ष प्रवेश गर्नु भएका खुमान गिरी र (साबिक तोरवाङ्ग-५) अर्गेली बस्ने १०१ वर्षीय पबित्रा देबी खत्री क्षेत्रीलाई जिल्ला समन्वयन प्रमुख धरम बहादुर जि.सी. र झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले दोसल्ला प्रमाणपत्र र नगदसहित सम्मान गर्नुभएको थियो । फुलबारि द्बादशि मेला तथा बृहत सांकृतिक कार्यक्रम आयोजक समिति चिसावाङ्गले आयोजना गरेको कार्यक्रममा आयोजक संस्थाले उहाँहरुलाई सम्मान गरेको थियो ।

स्थानीय कला संस्कृतीको जगेर्ना गर्ने उद्देश्यलेआयोजना  गरिएको उक्त कार्यक्रममा परम्परागत सराए नाच तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सास्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती मार्फत आम दर्शकहरुलाई मनोरञ्ज प्रदान गरिएको थियो । । ´स्थानीय कला संस्कूतीको जगेर्ना गरौ परम्परागत दसै द्वादशी मेला सफल पारौ भन्ने नाराका साथ सम्पन्न भएको कार्यक्रममा हजारौं दर्शनहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ।

फुलबारि द्बादशि मेला तथा बृहत सांकृतिक कार्यक्रमका अध्यक्ष गोपाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि बुद्धिजीवी ब्यापारी स्थानीय जनता कलाकार पत्रकार लगाएको उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर