परम्परागत संस्कृतिको जगेर्नाको लागि सामाजिक जागरण आवश्यक : समन्वय प्रमुख जिसी

  कार्तिक १०, २०८०

वासुदेव गिरी प्युठान । परम्परागत एवं ऎतिहासिक संस्कृतीको जगेर्ना गर्न हामीले लगाउने यस्ता मेला महोत्सवले सकारात्मक भुमिका खेल्ने बताएका छन् । फुलबारि द्बादशि मेला तथा बृहत सांकृतिक कार्यक्रमको उद्घाटनको क्रममा प्रमुख अतिथि समेत रहेका जिसीले परम्परागत संस्कृतिको जगेर्ना र प्रबर्द्धनको लागि सामाजिक सांस्कृतिक जागरण आवश्यक रहेको बताएका हुन। पछिल्लो समय मासिदै गएका हाम्रा परम्परा स्थानीय कला संस्कृतिको बचाइ राख्न सबैको पहल आवश्यक रहेको उनको भनाइ छ । आज यो अभियानले सबैलाई उर्जा दिएको बताए ।
त्यस्तै झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल पौराणिक कला संस्कृतीनै हामीलाई एकतामा बाधेकोले यस्ता कला संस्कृतिलाई थप परिस्कृत गर्दै लैजानुपर्ने बताए ।
एक फरक प्रसङ्ग उपाध्यक्ष पोख्रेलले जिल्लाको अति ब्यस्त तथा महत्त्वपूर्ण बाग्दुला-भिमगिठ्ठे सडकको काममा सरकार जिम्मेवार नहुदा काम हुन नसकेको आरोप लगाएका छन् । सडक दायाँबायाँ पर्ने जग्गाको मुआब्जाको बिषयमा केहि स्थानिय तहहरुले काम ढिलो गरिदिएको कारण समेत ढिलाइ भएको उपाध्यक्ष पोख्रेलको तर्क छ । तर झिमरुक गाउँपालिका क्षेत्र भित्र पर्ने जग्गा मुआब्जाको बिषयमा टुङ्गो लगाएर सम्बन्धित निकायलाई पत्राचार समेत गरेको उनले बताए । यसपटक कुटिचौर किटान पक्की पुल ठेक्का तत्कालै हुने छ। उनले भने, ‘पक्की पुल बनेपछि तोरवाङ्ग तुषाराका स्थानीय बार्है महिना सडक पहुँचमा आउने छन्।’ सडक संगै जनतालाई आय आर्जन रोजगारी र बजार संग जोडेर लैजाने बताए ।
दशै बिशेष द्वादशी मेला कार्यक्रम २०८० मा वडामा रहेका २ जना अति जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । सम्मान हुनेमा झिमरुक-६, दहखोला बस्ने वर्ष ९८ का खुमान गिरी र सोही वडाको अर्गेलीकी १०१ वर्षीय पबित्रा देबी खत्री क्षेत्री लाई दोसल्ला प्रमाणपत्र र नगदसहित सम्मान गरिएको मेला आयोजक समितीका अध्यक्ष गोपाल केसीले जानकारी दिए ।
सांस्कृतिक कार्यक्रममा कलाकारले छमछमी नचाए जिल्लाको झिमरुक गाउँपालिकाको चिसावाङ्गमा दशैको द्वादशीको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा कलाकारहरुले प्युठानी दर्शनलाई छमछमी नचाएका छन् । फुलबारि द्बादशि मेला तथा बृहत सांकृतिक कार्यक्रम आयोजक समिति चिसावाङ्गले आयोजना गरेको स्थानीय कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले परम्परागत सराए नाच तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सास्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती मार्फत आम दर्शकहरुलाई नचाएका हुन । ´
स्थानीय कला संस्कूतीको जगेर्ना गरौ परम्परागत दसै द्वादशी मेला सफल पारौ`भन्ने नाराका साथ सम्पन्न भएको कार्यक्रममा हजारौं दर्शनहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ। बिहिवार बिहान स्थानीय सराय नाच मेला स्थानीयले प्रदर्सन गरेका थिए भने दिउँसो स्थानीय तथा राष्ट्रिय ख्याली प्राप्त कलाकारहरुको प्रस्तुति रहेको अध्यक्ष केसीले बताए। ४ वर्ष विविध कारणले फुलबारि द्बादशि मेला तथा बृहत सांकृतिक कार्यक्रमलाई हामीले यस वर्षबाट निरन्तरता दिने आर्थिक समितीका संयोजक हरिहर पोख्रेलले जानकारी दिए ।
आर्थिक स्रोत छैन तर गाउँपालिका, व्यावसायि, स्थानीय बजार तथा गाउँबासी, शुभचिन्तकहरु संग हातेमालो गरेर आर्थिक ब्यबस्थापन गरि यस वर्ष कार्यक्रम संचालन गर्यो अर्को वर्ष झन व्यापक बनाउने योजना रहेको पोख्रेलले बताए। स्थानीय कला, सस्कृतिको जगेर्ना, प्रबर्द्धन तथा प्रचारप्रसार, सामुहिक एकता, सामाजिक सदभाव कायम र बिस्तारमा कार्यक्रमले थप योगदान दिएको आयोजकले जनाएको छ। फुलबारि द्बादशी मेला तथा बृहत सांकृतिक कार्यक्रम संगीतकार लोक तथा दोहोरी गायक ऋषि खड्का, गायक मोहन नेपाली, मोडल निरु मगर, हास्यकलाकार मेरि बास्सैका लेखान्त भुसाल(घिरौले), नायक तथा मोडल बिजय केसी, प्युठान आइडल बिजेता तथा डान्सर बिरा मगर, लोक तथा दोहोरि गायिका जमुना पुन मगर कोरियोग्राफर लिलाधर भट्टराई ( लिगेस ) लगाएत स्थानीय नेवार समुदायको संस्कृति झल्कने सामुहिक नृत्य र दर्जन भन्दा बढि स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । फुलबारि द्बादशि मेला तथा बृहत सांकृतिक कार्यक्रमका अध्यक्ष गोपाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि बुद्धिजीवी ब्यापारी स्थानीय जनता कलाकार पत्रकार लगाएको उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर