वासुदेव गिरी प्युठान । घरको मुख्य अभिभावक बिरामी परेपछि अस्पतालमा भर्ना भएकी बृद्ध आमाबाट प्युठान अस्पतालको बेड नम्बर १ मा पुगेर आफन्तले दशैको टीका लगाएका छन । प्युठान नगरपालिका वडा नम्बर ९ मजुवा बस्ने मन बहादुर केसीकी आमा बिरामी परेपछि भर्ना गरिएकी आमाबाट टीका थाप्न सबै आफन्त प्युठान अस्पतालको बेडमा पुगेका हुन । १३ दिन अगाडि दम एक्कासि बढेपछि प्युठान अस्पताल उपचाररत प्युठान नगरपालिका वडा नम्बर ९ कि ८७ वर्षीय तुल्सीदेबी केसीले दशैको दिन अस्पतालमै भएपनि आफन्तलाई टीका लगाउन पाउँदा आफू निकै खुसी भएको बताइन् । उनले भनिन्, “मान्छेको चोला कतिबेला के हुन्छ थाहा हुदैन, सबैको जन्मदै लेखान्तको कुरो हो ।” लेखान्तमा भएको कुरो भोग्नै पर्छ । त्यो आज हाम्रो परिवारले भोग्दै छ ।
घरमा भएको भए छरछिमेकहरु पनि टीका र आशीर्वाद लिन आउनुहुन्थ्यो होला । म अस्पताल बेडमा परे बचेर फर्केछु भने अर्को वर्ष सबै छर्छिमेक संग भेट हुने उनले बताइन् । मलाई भेटन आफन्त आउनुहुन्छ। उनले भनिन्, आफन्त आउदा मन प्रशन्न भएर बिरामी हल्का निको भएको जस्तो हुन्छ ।” तर उमेर घर्केपछी कहिले कुन रोगले चाप्छ कहिले के हुन्छ पत्तै नहुने बताइन् । टीका थाप्दै आफन्तले आशीर्वाद लिएको र सबै आफ्ना छोराछोरी नानतिना बुहारी ज्वाइलाई एक्कासि अस्पतालमा देख्दा बिरामी आमा खुसीले देखिन्थे । घरका आफन्हरु अस्पतालमा टीका थाप्न आउदा आसपासका बिरामीमा समेत खुसी छाएको थियो । आफन्तहरु बृद्धअबश्थाको आमालाई अस्पतालमा भेट्दा एकछिन भावुक खुसीपनी भएका थिए। त्यस समयमा खुसीको आसुपनी देखिन्थ्यो। दमको बिरामीलाई चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने भएकोले दशैमा समेत घरमा लैजान नसकिरहेको बिरामिको छोरा मन बहादुर केसीले जानकारी दिए ।
अक्सिजन लगाएत समय समयमा औषधी खुवाउने र चेकजाँच गर्नुपर्ने भएको र यो कार्य चिकित्सकको निगरानीमा गर्नुपर्ने भएकोले महान पर्व वडा दशैमा समेत आमालाई घर लैजा नसकिएको छोरा केसीले बताए । अहिले केही सुधार भएपनि अक्सिजन र बाफ नदिए बिरामिलाई समस्या हुने बताए। अस्पतालमा रहेकी आमाको परिवारका सदस्यबाट पालैपालो कुर्नुपर्ने र रेखदेख गर्नुपर्ने भएकोले उअस वर्षको दशै सबै परिवार संग बसेर रमाइलो गर्न नाएको आफन्तको भनाइ छ । प्युठान अस्पतालमा उपचार सेवामा अहिले राम्रो सुधार भएको विशेषज्ञ चिकित्सकले बेलाबेला हेर्ने र सल्लाह दिने गरेको मन बहादुर केसीले बताए ।