७ कार्तिक,राप्ती उपत्यका (देउखुरीं) । आज हिन्दुहरुको महानचाड बडादसैँ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैँको सबैभन्दा महत्वपूर्ण दिन । आजको दिनलाई सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेको दिन मानिन्छ । त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । आज मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी ं दीर्घायु प्राप्त होस भनी आशीर्वाद लिइन्छ ।घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।
त्यसैगरी देवी विसर्जनको साइत बिहान १०ः३७ देखि रहेको छ भने टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ः२ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । विजयादशमी आफैंँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने भनिएको छ ।
विजयादशमीमा टिका लगाउँदा महिला र पुरुषलाई भिन्न भिन्न आर्शीवाद दिने गरिन्छ जसको मन्त्रोच्चारण शब्द फरक छ ।
पुरुषलाई टिका लगाइदिंदा भन्ने आशिर्बाद
ॐआयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
यसको अर्थ
द्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस्, राजा दशरथको जस्तो कृति होस, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता होस, राजा नहुषको जस्तो ऐश्वर्य होस, वायूको जस्तो गति होस, दूर्योधनको जस्तो मान होस । सूर्य पुत्र झै दानी होस, भीमको जस्तो वल होस, युधिष्ठिर जस्तो सत्यवान होस, विदूरको जस्तो ज्ञान होस, नारायणको जस्तो कृति होस ।
महिलालाई टिका लगाइदिंदा भन्ने आशिर्बाद
ॐ जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वध नमोऽस्तुते।
अर्थात ति देवी जसले सम्पूर्ण संसारलाईनै विजय गर्न सक्ने सार्मथ्य राख्दछिन, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन, समयको पाबन्दिभन्दा पर रहेकी ति देवी जो मानव खप्परको माला लगाउँदछिन अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन । यो जगतको रक्षा गर्ने हे देवी यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।