नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा

  कार्तिक ०१, २०८०

दाङ, ३० असोज।
नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा पुगेको छ । लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा पुगेको हो ।

आज मङ्गलवार न्यु लाओस नेसनल स्टेडियममा भएको विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा घरेलु टोलीलाई १–० ले हराउँदै समग्रमा २–१ को जित निकालेर नेपाल दोस्रो चरणमा पुगेको हो ।

गएको बिहीवार घरेलु मैदान दशरथ रङ्गशालामा भएको खेलमा नेपाल लाओससँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

अब नेपालले समूह ‘एच’ मा रहेका बहराइन र यूएई तथा यमन र श्रीलङ्काबीचको विजेतासँग दोस्रो चरणको छनोट ‘होम एन्ड अवे’ का आधारमा खेल्नेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर