मा.वि सौडियारमा शिक्षक अभिभावक संघ गठन

  असोज २७, २०८०

२६ असोज २०८० दाङ,  ।

घोराही उपमहानगरपालिका वडा नं ७ सौडियार स्थित मावि सौडियारको शिक्षक-अभिभाबक संघको अध्यक्षमा लोकबहादुर कवर बद्री सर्बसम्मत निर्बाचित भएका छन । बिद्यालयमा भएको अभिभावकहरुको भेलाले कवरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । नयाँ कार्य समिति कार्य सदस्यहरुमा जानकी चौधरी, चन्द्रा चौधरी, गोमा चौधरी, पुष्कर कवर, शान्ती बिकलाई चयन गरेको विद्यालय ब्यबस्थापन समिति सदस्य जिउधन चौधरीले जानकारी दिए । सो अवसरमा नब निर्बाचित शिक्षक अभिभाबक संघका अध्यक्ष कवरले बिद्यालयको हितका लागि सदैब सहयोग गर्ने बताए । उनले बिद्यालयको शैक्षिक गुणस्तरलाई माथि उठाउने कुरामा आफु पदमा रहे पनि नरहे पनि बिगतमा पनि सहयोग गर्दै आएकाले यसपाली पदमा नै रहेर बिद्यालयको हितमा योगदान गर्न  बताए ।

विद्यालय व्यवस्थापन  समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा घोराही ७ सौडियारका वडा अध्यक्ष खोपिराम चौधरीको प्रमुख आतिथ्यता एव घोराही उपमहानगर शिक्षा महाशाखाका शाखा प्रमुख नारायणप्रसाद पौडेल र शाखा अधिकृत घनश्याम वलिको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा  बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले अभिभाबक संघको गठन प्रकृया बारे अभिभाबकहरुलाई जानकारी दिएका थिए ।
बिद्यालयका सहायक प्रधानाध्यापक यमलाल रिजालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा कार्यक्रमको सन्चालन बिद्यालयका शिक्षक बिष्णु चौधरीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर