बझाङ भूकम्प अपडेट केही घरहरू भत्किए: 

  असोज १६, २०८०

बझाङ, १६ असोज ।
बझाङ केन्द्रबिन्दु भएर आज मंगलबार दुई पटक भूकम्प गएको छ । दोस्रो पटक पहिलो पटकको भन्दा शक्तिशाली भूकम्प गएको हो ।
दिउँसो जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर ३ बजेर ६ मिनेटमा ६।३ म्याग्निच्युडको भूकम्प गएको हो ।

दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।

आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५।३ म्याग्निच्यूडको भूकम्प गएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भइसकेको छैन ।

भूकम्पको धक्काको महसुस दाङमा पनि गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर