राहत शिक्षक अझै सडक आन्दोलनमा

  असोज ०७, २०८०

७ असोज, काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आइतबार पनि निरन्तरता दिएका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले आइतबार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् ।
उनीहरुले ४० हजार राहत शिक्षक, बालबिकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् ।

राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति वार्तामा शिक्षक महासंघका प्रतिनिधिले राहत तथा अस्थायी प्रकृतिका शिक्षकको बचाउ गर्न नसकेको राहत शिक्षक केन्द्रीय समितिको आरोप छ ।

तपाईंको प्रतिक्रिया

थप खबर