एसइइ ग्रेड वृद्धिकाे नतिजा सार्वजनिक

  असोज ०४, २०८०

असोज ४ ।
माध्यमिक शिक्षा परीक्षा  (एसइइ)  २०७९ को ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज बिहीबार एसइइ २०७९ को ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
बोर्डले गत साउन २६ र २७ गते ग्रेड वृद्धि परीक्षा लिएको थियो । परीक्षामा १ लाख १३ हजार ३ सय १३ जना परीक्षार्थी सहभागी भएका थिए । परीक्षामा ७५ हजार ८ सय ९७ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । एक जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर