राप्ती इञ्जिनियरिङ कलेजद्वारा विश्व आत्महत्या दिवसमा सचेतना

  भदौ २४, २०८०

घोराही, २४ भदौ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङले आइतबार जयसेर मावि घोराही–६ मा सचेतना कार्यक्रम आयोजना ग¥यो । विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का गरेर करिव दुई सय जना विद्यार्थीहरुको सहभागिता रहेको सचेतना कार्यक्रममा आत्महत्या रोकथामका बारेमा जानकारी दिइएको थियो ।

लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङका अध्यक्ष शरद अधिकारीको अध्यक्षता तथा लायन्स क्लव ३२५ एन एरिया नं. २ का एरिया चिफ डा. भिमसेन गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक सुशान्त मिश्रले विश्व र नेपालमा आत्महत्याको अवस्था, आत्महत्याका कारणहरु, समाधानका उपायहरु, परिवारको भूमिका, विद्यालयको भूमिका लगायत हरेक व्यक्तिले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी दिनुभएको थियो ।

प्रहरी निरिक्षक मिश्रले आत्महत्यालाई सुन्यमा झान नसकिने भएपनि यसलाई क मगर्न सकिने बताउनुभयो । आत्महत्या कम गर्नका लागि जिल्ला प्रहरी कार्यालयले विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिंदै मिश्रले हरेक व्यक्तिलाई भविश्य प्रति भरोसा दिलाउनुपर्ने बताउनुभयो । उहाँले संसार उज्यालो छ भन्ने बोध सवैलाई हुनुपर्ने भन्दै हरेकले आफूप्रति विश्वास लिनुपर्ने बताउनुभयो ।

नेपालमा आत्महत्या गर्नेहरुमा १५ बर्ष देखि ४९ बर्ष उमेर समुहका मानिस धेरै रहेको भन्दै पारिवारिक अवस्था, आर्थिक कारण लगायत अन्य विभिन्न कुराले मानिसले आत्महत्या गर्ने गरेको बताउनुभयो । कसैले पनि आत्मवल कमजोर बनाउन नहुने भन्दै आफूलाई हरेकले व्यस्त राख्नुपर्ने बताउनुभयो । आत्महत्या रोक्नका लागि विद्यालय जाने उमेरका बालवालिकाहरुलाई सचेतना प्रदान गर्नुपर्ने भन्दै उहाँले जिल्ला प्रहरी कार्यालय लगायत विभिन्न प्रहरी युनिटले यस्ता कार्यक्रम आयोजना गरिरहेको बताउनुभयो ।

कार्यक्रममा लायन्सका एरिया चिफ डा. गिरीले आत्महत्याको अवस्था डरलाग्दो भएकाले यसको रोकथामका लागि सचेतनाका कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीका माध्यमबाट आत्महत्या रोकथाम गर्न सकिने भएकाले लायन्सले विद्यालयतहमा कार्यक्रम आयोजना गरेको बताउन ुभयो ।

विद्यालयका प्रधानाध्यापक गणेश रिजालले विद्यालयमा आत्महत्या विरुद्धको कार्यक्रम ल्याएर लायन्स क्लवले राम्रो काम गरेको बताउनुभयो । गएको बर्ष विद्यालयमा सात कक्षामा अध्ययन एकजना छात्राले आत्महत्या गरेको प्रशंग निकाल्दै उहाँले विद्यालयमा आयोजना गरिने सचेतनाका कार्यक्रम उपलव्धिमुलक हुने बताउनुभयो । उहाँले अन्य विद्यालयमा पनि यस्ता कार्यक्रम आयोजन ागर्न सुझाव दिनुभयो ।

कार्यक्रममा सहभागी छात्र छात्राहरुले आत्महत्या रोकथामका लागि भइरहेका प्रयास, कानुनी प्रावधान, प्रहरीले गरिरहेको प्रयास, मानिसले आत्महत्यालाई किन रोज्छ भन्ने जस्ता जिज्ञासा राखेका थिए । कार्यक्रमको सञ्चालन लायन्स क्लव राप्ती इञ्जिनियरिङका सदस्य सुवास खड्काले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर