भाद्र २४ गते राप्ती इञ्जिनियरिङ कलेजले बिई सिभिल र बिसिए कार्यक्रमको प्रवेश परीक्षा संचालन गर्ने ।

  भदौ २३, २०८०

दाङ । लुम्बिनी प्रदेशको राजधानी घोराहीमा स्थापित राप्ती इञ्जिनियरिङ कलेजमा बिई सिभिल इञ्जिनियरिङ र बिसिए कार्यक्रममा प्रवेश परीक्षा संचालन गर्ने कलेज एक सुचना प्रकाशित गरी जानकारी गराएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त यस कलेजले २०६६ सालदेखि बिसिए र २०६८ साल देखि बिई सिभिल इञ्जिनियरिङ कार्यक्रम संचालन गदै आइरहेको छ । अहिले लुम्बिनी प्रदेशको हरेक सरकारी कार्यालय, गाउँपालिका, नगरपालिका , कलेज विद्यालय लगायत हरेका क्षेत्रमा यस कलेजबाट उत्पादित भएका विद्यार्थीहरु रोजगारीमा रहेका छन । यस कलेजमा अध्ययन गरेका ९० प्रतिशत विद्यार्थीहरु रोजगारीमा रहेको सुचना अधिकारी करिना खडकाले बताउनु भयो ।

कलेजले सिभिल इञ्जिनियरिमा ४३ जना र बिसिए कार्यक्रममा ४३ जना भर्नामा लागि प्रवेश परीक्षा लिन लागेको हो । कलेजले यस अघि १३औ व्याचको भर्नाको लागि प्रवेश परीक्षाको लागि आवेदन फारम माग गरेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर