राप्ती इञ्जिनियरिङ कलेजले डिप्लोमा तह र प्रि डिप्लो तह शैक्षिक कार्यक्रमको रिक्त कोटामा पुनः प्रवेश परीक्षा संचालन गर्ने ।

  भदौ १५, २०८०

संगिता पुरी
दाङ, १५ भाद्र । लुम्बिनी प्रदेशको राजधानी घोराहीमा स्थापित राप्ती इञ्जिनियरिङ कलेजले डिप्लोमा तह र प्रि डिप्लो तह शैक्षिक कार्यक्रमको रिक्त कोटामा पुनः प्रवेश परीक्षा संचालन गर्ने कलेज एक सुचना प्रकाशित गरी जानकारी गराएको छ । कलेजले शैक्षिक सत्र २०८०÷०८१ का भर्ना क्षमता भएका सिटहरु रिक्त भएपछि कलेजले प्रवेश परीक्षा पुनःलिने भएको हो ।
यसअघि पनि कलेजले भदौ ६ गते प्रवेश परीक्षा लिएको थियो । कलेजले डिप्लोमा कम्प्युटर इञ्जिनियरिङ, १८ महिने सिभिल, इलेक्ट्रिकल र अमिनमा कार्यक्रममा पुनः प्रवेश परीक्षा संचालन गर्ने आवेदन माग गरेको छ ।
इच्छुक विद्यार्थीहरुले भाद्र २७ गते बुधबारभित्र आवेदन दिन सक्ने कलेजले जनाएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमी भक्तपुरबाट सम्बन्ध प्राप्त यस कलेजले २०६५ सालदेखि डिप्लोमा कम्प्युटर इञ्जिनियरिङ, र २०७१ सालदेखि १८ महिने सिभिल, इलेक्ट्रिकल र अमिनमा कार्यक्रम संचालन गदै आइरहेको छ । लुम्बिनी प्रदेशको हरेक सरकारी कार्यालय, गाउँपालिका, नगरपालिका , कलेज विद्यालय लगायत हरेका क्षेत्रमा यस कलेजबाट उत्पादित भएका विद्यार्थीहरु रोजगारीमा रहेका छन । यस कलेजमा अध्ययन गरेका ९० प्रतिशत विद्यार्थीहरु रोजगारीमा रहेको सुचना अधिकारी करिना खडकाले बताउनु भयो ।
कलेज यस वर्षको उत्कृष्ट इञ्जिनियरिङ कलेज अवार्ड (२०२२) बाट पुरुस्कृत भएको छ । संयुक्त राज्य अरब इमिरेट्स (युएई) को दुबईमा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको थियो
कलेजका एकेडेमी कोर्डिनेटर ई.बावुराम जोशीले बिई सिभिल र बिसिए कार्यक्रममा पनि प्रवेश परीक्षा आवेदन फाराम खुल्ला गरेको जानकारी गराउनु भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर