काठमाडौंर५ भदौं (इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिले आङ्गिक क्याम्पसहरुको शुल्क वृद्धि गरेको प्रति अनेरास्ववियुले विरोध गरेको छ । समितिको साउन २५ गतेको निर्णयले २ लाख ८० हजार बाट बढाएर ७ लाख ७५ हजार शुल्क पुर्याएको भन्दै विरोध गरेको हो ।
अनेरास्ववियुले सर्वसुलभ रुपमा गरीब जेहेन्दार विद्यार्थीहरुको पहुँचमा नरहने गरी गरिएको शुल्क वृद्धिले सरकार नै इन्जिनियरिङ विषयमा व्यापार गर्न उद्दोलित रहेको पुष्टि हुन्छ । देशका विद्यार्थीहरु पलायन रोक्न सरकारले शिक्षामा थप लगानी गरी सर्वसुलभ रुपमा इन्जिनियरिङ विषय पढाउनु पर्नेमा नयाँ भर्नाको मौका छोपी भारी मात्रामा गरिएको शुल्क वृद्धि कथापि मान्य हुने छैन विज्ञप्तिमा उल्लेख गरेको छ ।
साथै अवैज्ञानिक र अव्यवहारिक शुल्क वृद्धि अविलम्ब फिर्ता लिन अनेरास्ववियुले माग गरेको छ । साथै शुल्क वृद्धि फिर्ता नगरे शुल्क वृद्धि विरुद्ध सशक्त आन्दोलनको चेतावनी दिएको छ ।