राप्ती इञ्जिनियरिङ कलेज द्धारा विभिन्न कार्यक्रममा भर्ना आब्हान

  भदौ ०२, २०८०

दाङ । लुम्बनी प्रदेशको राजधानी दाङ मा रहेको राप्ती इञ्जिनियरिँ कलेजले स्नातक तहका कार्यक्रममा भर्ना आब्हान खुल्ला गरेको छ । कलेजले एक सुचना जारी गर्द स्नातक तहका विभिन्न तीनबटा कार्यक्रमका लागि भर्ना आब्हान गरिएको जनाएको छ ।
कलेज प्रबन्धक निर्देशक डा.भीमसेन गिरी कक्षा १२ को नतिजा सार्वजनिक भएसंगै ब्याचलरका विभिन्न कार्यक्रममा भर्ना सुरु गरिएको जानकारी दिनु भयो उहाँका BCA, BE Civil र BE ELE & Comm. मा भर्ना खुल्ला गरिएको छ ।
हरियाली र शान्त वातावरणमा पढाइ सञ्चालन हुदैँ आएको कलेजले BCA मा ४३ जना BE Civil ४३ जना र BE ELE & Comm.४३ जना विद्यार्थीहरुका लागि सिमित सिटमा भर्ना खुला गरिएको जनाएको छ । बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म कलेजको लेखा शाखामा पुगेर विद्यार्थीहरुले आफुले रोजेको विषयमा पढ्नको लागि कार्यक्रम छनोट गरि भर्नाहुन सक्ने व्यवस्था कलेजले मिलाएको छ ।
कलेजले हालैमात्र विद्यार्थीहरुका लागि अत्याधुनिक कम्प्युटर ल्याव तयार गरेको छ । कलेजका प्रिन्सिपल रेशम गिरीले स्नातक तहमा अध्ययन गर्न आउने विद्यार्थीहरुका लागि नयाँ कम्प्युटर ल्याव प्रयोग गरिने बताउनु भयो । कलेजसंग यस अघिनै ४८ जना विद्यार्थीहरुले एकै पटक प्रयोग गर्न सक्ने कम्प्युटर ल्याव भएपनि नयाँ विद्यार्थीहरुका लागि आधुनिक ल्याव निर्माण गरिएको हो ।
विसं २०६५ सालमा स्थापना भएको कलेलले सफल नेतृत्व, चुस्त व्यवस्थापन र गुणस्तरी शिक्षा प्रदान गर्द आइरहेको छ । कलेजले स्थापनाकै पहिलो व्याच मै विश्वविद्यालयको इञ्जिनियरिँ संकाय तफ प्रथम र विसिए कार्यक्रमको पाँचौ व्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर