तुल बहादुर कवँर मगर
देउखुरी ३२ श्रावण २०८०
अखिल नेपाल खेलकुद महासंघ लुम्बिनी प्रदेश समितिको विस्तारित बैठक विभिन्न निर्णय गर्दै बिहीबार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सम्पन्न भएको छ।
बैठकले तत्काल जिल्ला र पालिका स्तरमा संघको भेला तथा सम्मेलन सम्पन्न गर्ने ,आफुहरुको हरेक गतिविधिहरु पार्टीले सञ्चालन गरेको अभियान सँग जोडेर लैजाने ,तल्लो तह सम्म सदस्यता विस्तार गर्ने,प्रदेशका सबै जिल्लाहरुमा खेलकुद प्रतियोगिता सञ्चालन गर्ने लगायतका निर्णयहरु गरेको छ।
त्यस्तै बैठकमा महासंघका लुम्बिनी प्रदेश इन्चार्ज गेहेन्द्र ढकालले गत २८ गते केन्द्रीय समितिको बैठकले जारी गरेको सर्कुलर पत्र वचन गरि सुनाउनुको थियो ।
सो अवसरमा प्रदेशका १२ वटै जिल्लाका अध्यक्षहरुले आ आफ्नो जिल्लाको रिपोर्टिङ गर्नु भएको थियोे भने नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा खेलकुद विभाग इन्चार्ज गणेशमान पुनले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो ।
बैठक महासंघका लुम्बिनी प्रदेश संयोजक विष्णु ढकालको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा खेलकुद विभाग इन्चार्ज गणेशमान पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।