एसिया यु–२० रग्बी सेभेन्सको तयारी पूरा

  भदौ ०१, २०८०

काठमाडौँ । नेपाल रग्बी संघले शनिवारदेखि सुरु हुने एशिया यु–२० रग्बी सेभेन्सको तयारी पूरा भएको जनाउँदै नेपालको दुवै टोली फाइनलसम्म पुग्ने आशा व्यक्त गरेको छ ।
नेपालमा दोस्रो पटक हुन लागेको एशिया रग्बीको प्रतिष्पर्धा शनिबारदेखि दशरथ रंगशालमा सुरु हुँदै छ । संघले शुक्रबार दशरथ रंगशालामा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताका लागि आफ्नो सम्पूर्ण तयारी पूरा भएको र प्रतिष्पर्धामा सहभागी हुने आठ टोली पनि नेपाल आइसकेको जानकारी दिएको छ । एशिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा हुने उक्त प्रतियोगितामा नेपालका पुरुष र महिला दुवै टोलीले प्रतिष्पर्धा गर्दैछन् । एशिया रग्बी सेभेन्समा पुरुष र महिलामा गरी नेपालसहित आठ राष्ट्रको सहभागिता रहनेछ ।
पुरुषतर्फm नेपाल समूह ‘बी’ मा छ । प्रतियोगिताकै बलियो टोलीका रूपमा हेरिएको हङकङसहित यस समूहमा भारत र मलेसिया छन् । यो समूहमा विजेता बन्दै उपाधि दाबेदारको रूपमा आफूलाई उभ्याउने तयारी नेपालको छ । तर, त्यसका लागि नेपालले पहिलो खेलमा भारतको चुनौती पार गर्नुपर्नेछ । महिलातर्फm भने राउन्ड रोविन लिगमा खेल हुनेछ । चार राष्ट्र सहभागी लिगको शीर्ष दुईमा रहँदै नेपाली महिला टोलीले फाइनलमा पुग्ने लक्ष्य लिएका छन् । महिलातर्फ भने नेपालले पहिलो खेलमा हङकङको सामना गर्नेछ ।
यस खेलमा करिब दुई सय विदेशी खेलाडी र २५ जना खेल निर्णायक नेपाल आएको संघले जनाएको छ । यसै प्रतियोगिताका लागि एशिया रग्बीका अध्यक्ष कायस अल धलाई नेपाल आइसकेका छन् । नेपालले उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको संघका महासचिव गोविन्द घिमिरेले बताए । प्रतियोगिताका लागि पछिल्लो डेढ महिनादेखि तयारी गरिरहेको र नेपालका दुवै टोलीले उपाधि जित्ने विश्वास घिमिरेले व्यक्त गरेका छन् ।
यही आयोजनालाई लक्षित गरेर नेपालका दुवै युवा टोलीले पोखरामा ४५ दिनको बन्द प्रशिक्षण गरेका थिए । खेल आयोजना नजिकिएपछि काठमाडौँ फर्किएका नेपाली टोलीले पछिल्लो ६ दिनदेखि दशरथ रंगशालामा अभ्यास गर्दै आइरहेका छन् । दुवै टोली श्रीलंकाली प्रशिक्षक सन विजेसिंघले प्रशिक्षणमा छन् । महिलातर्फm २२ प्रारम्भिक टोलीको पोखरामा डेढ महिनाको प्रशिक्षणबाट १५ सदस्यीय टोली घोषणा गरिएको थियो । पुरुषतर्फm पनि २९ सदस्यीय प्रारम्भिक टोलीबाट १६ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो ।
पुरुषतर्फm पूर्वराष्ट्रिय खेलाडी विराट ऐडी र महिलामा सावित्री पूर्जाले श्रीलंकाली प्रशिक्षक विजेसिंघेको प्रशिक्षण टोलीलाई सघाउनेछन् । नेपालमा भएको पछिल्लो संस्करण यु–१८ रग्बी सेभेन्सका विजेता संयुक्त अरब इमिरेट्स ९युइर्ए० ले यो प्रतियोगितामा प्रतिष्पर्धा गरेको छैन । यद्यपि, युथको प्रतिष्पर्धामा बलियो मानिएको हङकङ भने उपाधि जित्ने लक्ष्यका साथ आएको छ । मलेसियाले पनि बलियो दाबेदारी दिने लक्ष्य बनाएको छ । रातोपाटी

तपाईंको प्रतिक्रिया

थप खबर