कक्षा १२ को नतिजा सार्वजनिक

  श्रावण ३०, २०८०

भक्तपुर/३० साउन–राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा आज सर्वजनिक छ । देशभरबाट चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
यहाँबाट हेर्न सकिन्छ नतिजा
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट ww.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।
त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा एसएमएस पठाएर र नेपाल टेलिकमको ल्यण्ड लाईन, मोबाइलबाट १६०१ मा डायल गरी निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिने छ ।खवर एजुकेशन

तपाईंको प्रतिक्रिया

थप खबर