फुटबलमा इतिहास रच्दै फरक यौनिक पहिचान बोकेकी क्यानेडियन ‘क्वीन’

  श्रावण १२, २०८०

काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौं संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा चलिरहेको छ । विश्वकपजस्ता ठुला प्रतियोगिताहरुमा हार–जितको नतिजामात्र होइन, सहभागी खेलाडीहरु पनि समाचारको विषय बन्छन् । 

यस्ता प्रतियोगितामा ठूलो संख्यामा खेलाडीको सहभागिता रहन्छ । फरक भूगोल, परिवेश र संस्कृतिबाट आएका खेलाडीहरुको जीवनसँग पनि आआफ्नै खालका कथा–ब्यथा जोडिएका हुन्छन् । त्यसैले ठूला प्रतियोगिताहरुमा हार–जितको नतिजासँगै खेलाडीको जीवनका आरोह–अवरोहका कथाहरु पनि सञ्चारकर्मीका लागि चासोका विषय बन्छन् ।

जारी महिला विश्वकपमा पनि फरकखाले कथा बोकेका थुप्रै खेलाडी सहभागी छन् । यस्तैमध्ये एक खेलाडी हुन्, क्यानडाकी मिडफिल्डर ‘क्वीन’ । 
२७ वर्षीया क्वीन फरक यौनिक पहिचान बोकेकी (पारलैङ्गिक महिला) खेलाडी हुन् । उनी फिफा विश्वकप खेल्ने फरक यौनिक पहिचान बोकेकी पहिलो खेलाडी पनि बनेकी छन् । 

क्वीनले विश्वकपमा नाइजेरियाविरुद्घ पहिलो खेल खेलिन् भने बुधबार आयरल्यान्डविरुद्घ दोस्रो खेल खेलिन् । उनी क्यानेडियन टोलीकी प्रभावशाली मिडफिल्डर हुन् । यसअघि पनि थुप्रै प्रतियोगितामा उनले राष्ट्रिय टोलीका लागि उत्कृष्ट प्रदर्शन गरिसकेकी छन् । 

उनले क्यानडाका लागि यू–१७, यू–२० र यू–२३ राष्ट्रिय टोलीबाट पनि विभिन्न प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् । सन् २०२० मा जापानमा भएको ओलम्पिक खेलकुदमा महिला फुटबलको उपाधि क्यानडाले जितेको थियो । त्यतिबेला पनि ‘क्वीन’ क्यानेडियन टोलीकी महत्वपूर्ण सदस्य थिइन् । 

तर, विश्वकपमा भने क्वीनको यो पहिलो सहभागिता हो । यसअघि फरक यौनिक पहिचान बोकेका कुनै पनि खेलाडीले विश्वकप खेलेका थिएनन् । क्यानडालाई ओलम्पिकमा स्वर्ण पदक चुमाएपछि अब क्वीनले आफ्नो राष्ट्रलाई विश्वकप च्याम्पियन बनाउने सपना बुनेकी छन् । 

क्वीनले टोकियो ओलम्पिकमा पनि इतिहास रचेकी थिइन् । उनी ओलम्पिक खेलकुदमा प्रतिस्पर्धा गर्ने पहिलो फरक यौनिक पहिचान बोकेकी (पारलैङ्गिक महिला) खेलाडी पनि बनेकी थिइन् । त्यसमाथि उनीसहितको टोलीले टोकियो ओलम्पिकमा स्वर्ण पदक नै जितेको थियो ।  

जारी विश्वकपको पहिलो खेलमा क्यानडालाई नाइजेरियाले गोलरहित बराबरीमा रोकेको थियो । उक्त खेलमा पनि पाँच नम्बर जर्सी लगाएर मैदानमा नयाँ इतिहास रचिरहेकी क्वीनमाथि नै अधिकांश सञ्चारकर्मीको ध्यान केन्द्रित भएको थियो । 

उमेर समूहको प्रतियोगिता हुँदै क्वीनले सन् २०१४ मा क्यानडाको सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएकी थिइन् । सिनियर राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेदेखि नै उनले एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । 

‘ओलम्पिकमा स्वर्ण पदक जितेपछि अब हामीले क्यानडालाई विश्वकपको उपाधि चुमाउने लक्ष्य बोकेका छौं । हाम्रो टोलीको प्रदर्शन पनि राम्रो छ । हामी यो विश्वकपमा उपाधिको बलियो दाबेदार पनि हौं,’ क्वीनले भनेकी छन् । 

सन् १९९५ को अगस्त ११ तारिखमा क्यानडाको टोरन्टोमा जन्मिएकी क्वीनको वास्तविक नाम भने रेबेका क्वीन हो । तर, सन् २०२० को सेप्टेम्बरमा आफ्नो नामबाट रेबेका शब्द हटाएर केवल ‘क्वीन’ का रुपमा उनले आफ्नो परिचय अगाडि सारेकी थिइन् । सोही समयदेखि उनको फरक परिचय (पारलैङ्गिक महिला) पनि सार्वजनिक भएको थियो । 

उमेर समूहको प्रतियोगिता हुँदै क्वीनले सन् २०१४ मा क्यानडाको सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएकी थिइन् । सिनियर राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेदेखि नै उनले एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । 

‘राष्ट्रिय टोलीबाट उमेर समूहका विभिन्न प्रतियोगिता खेल्दा होस् वा सिनियर राष्ट्रिय टोलीमा ‘डेब्यू’ गर्दा, मैले टोलीका प्रत्येक सदस्यबाट राम्रो साथ र सहयोग पाउँदै आएकी छु । सिनियर राष्ट्रिय टोलीमा प्रवेश पाएपछि मैले जीवनको स्पष्ट लक्ष्य पनि फेला पारेको छु,’ सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेकी छन् । 

फरक यौनिक पहिचान बोकेका खेलाडीहरुले भने विश्व खेलवृत्तमा केही असहज अवस्थाको सामना गर्नुपर्ने अनुभव पनि उनीसँग छ । तर, यस विषयमा उनी खुलेर केही भन्न चाहन्नन् । ‘खासगरी, ट्रान्सजेन्डर खेलाडीहरुको बारेमा बेलाबखत चल्ने र अभिब्यक्त गरिने विचारहरुलाई हामीले चाहेर पनि बेवास्ता गर्न सक्दैनौं,’ उनको कथन छ । 

क्वीन हाल अमेरिकाको महिला फुटबल क्लब ओएल रिगनबाट ब्यवसायिक फुटबल खेल्छिन् । उनी सन् २०१९ मा उक्त क्लबमा आबद्ध भएकी हुन् । त्यसअघि उनले पेरिस फुटबल क्लब, वासिङ्टन स्प्रिट, टोरन्टो लेडी लिङ्सबाट पनि ब्यवसायिक फुटबल खेलेकी थिइन् । 

हर जोहाल क्यानडाकी स्वतन्त्र पत्रकार हुन् । उनले सन् २०१२ देखि क्यानडाको राष्ट्रिय फुटबल टोलीको समाचार लेख्दै आएकी छन् । लगातार तेस्रो महिला विश्वकपको समाचार सम्प्रेषण गर्न अहिले उनी अस्ट्रेलिया र न्युजिल्यान्डका खेलस्थलहरु चाहरिरहेकी छन् । उनले क्वीनको बारेमा पनि केही समाचार लेखेकी छन् । 

‘खेल मैदानमा पनि फरक इतिहासहरु कोरिने गर्छन् । क्वीन पनि खेल मैदानमा इतिहास कोर्ने खेलाडी हुन् । एउटा ट्रान्सजेन्डर खेलाडीले खेल मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रच्न सक्छ भन्ने ज्वलन्त उदाहरण पनि हुन् क्वीन,’ हर जोहाल भन्छिन्, ‘क्वीनसँग फुटबल खेल्ने उत्कृष्ट र अदभूत कला छ । उनी फरक यौनिक पहिचान बोकेका खेलाडीहरुको लागि रोल मोडेल पनि हुन् ।’ 

क्वीन हाल अमेरिकाको महिला फुटबल क्लब ओएल रिगनबाट ब्यवसायिक फुटबल खेल्छिन् । उनी सन् २०१९ मा उक्त क्लबमा आबद्ध भएकी हुन् । त्यसअघि उनले पेरिस फुटबल क्लब, वासिङ्टन स्प्रिट, टोरन्टो लेडी लिङ्सबाट पनि ब्यवसायिक फुटबल खेलेकी थिइन् । 

टोकियो ओलम्पिकमा क्वीनले जुलाई २१ तारिखमा आयोजक राष्ट्र जापानविरुद्व खेल्दै इतिहास रचेकी थिइन् । रमाइलो संयोग नै मान्नुपर्छ, टोकियो ओलम्पिकमै अर्की ट्रान्सजेन्डर खेलाडीको पनि सहभागिता रहेको थियो । टोकियो ओलम्पिक खेल्ने अर्की ट्रान्सजेन्डर खेलाडी न्युजिल्यान्डकी भारोत्तोलक लाउरेल हुबर्ड हुन् ।

क्यानडाको राष्ट्रिय टोलीकी कप्तान क्रिस्टिन सिनक्लियर पनि क्वीनको खेलबाट आफू निकै प्रभावित रहेको बताउँछिन् । ‘फुटबल मैदानमा क्वीनको प्रदर्शन उत्कृष्ट छ । तर, उनले खेल मैदानबाट समाजलाई जुन सन्देश दिइरहेकी छन्, त्यो सबैभन्दा महत्वपूर्ण पक्ष हो । मलाई उनीमाथि गर्व छ,’ कप्तान सिनक्लियर भन्छिन् । 

क्वीनले सन् २०२१ मा टोकियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन् । टोकियो ओलम्पिक–२०२० भनिए पनि विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण उक्त ओलम्पिक सन् २०२१ मा आयोजना भएको थियो । 

टोकियो ओलम्पिकमा क्वीनले जुलाई २१ तारिखमा आयोजक राष्ट्र जापानविरुद्घ खेल्दै इतिहास रचेकी थिइन् । रमाइलो संयोग नै मान्नुपर्छ, टोकियो ओलम्पिकमै अर्की ट्रान्सजेन्डर खेलाडीको पनि सहभागिता रहेको थियो । टोकियो ओलम्पिक खेल्ने अर्की ट्रान्सजेन्डर खेलाडी न्युजिल्यान्डकी भारोत्तोलक लाउरेल हुबर्ड हुन् ।

सानो हुँदा उनले फुटबलका अतिरिक्त हक्की, भलिबल र बास्केटबल पनि खेलेकी थिइन् । तर, अरु खेलले उनलाई लामो समयसम्म बाँधेर राख्न सकेनन् । फुटबल नै उनको मुख्य रोजाईमा पर्यो र यही खेलले नै क्वीनलाई अन्तर्राष्ट्रिय स्तरमा फरक परिचय पनि दियो । 

तर, ४५ वर्षीया लाउरेलभन्दा निकै अगाडि क्वीनले आफ्नो पहिलो खेल खेलेकी थिइन् । त्यसैले नै लाउरेलभन्दा अगाडि इतिहास रच्ने खेलाडी बनेकी थिइन्, क्वीन । टोकियो ओलम्पिकको महिला फुटबलको फाइनलमा क्वीवनसहितको क्यानेडियन टोलीले स्वीडेनलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराएको थियो । 

क्वीनले हालसम्म क्यानडाको सिनियर राष्ट्रिय टोलीबाट ८९ वटा खेल खेलिसकेकी छन् । विश्वविद्यालय पढदा क्वीनका पिता बील रग्बी र आमा लिन्डा बास्केटबल खेलाडी थिए । क्वीनले पनि ६ वर्षको उमेरदेखि नै फुटबलको प्रशिक्षण लिन थालेकी थिइन् । 

सानो हुँदा उनले फुटबलका अतिरिक्त हक्की, भलिबल र बास्केटबल पनि खेलेकी थिइन् । तर, अरु खेलले उनलाई लामो समयसम्म बाँधेर राख्न सकेनन् । फुटबल नै उनको मुख्य रोजाईमा पर्यो र यही खेलले नै क्वीनलाई अन्तर्राष्ट्रिय स्तरमा फरक परिचय पनि दियो । 

क्यानडाको सिनियर राष्ट्रिय टोलीबाट उनले सन् २०१४ को मार्च ७ तारिखमा इटालीविरुद्घ पहिलो खेल खेलेकी थिइन् । उक्त खेलमा क्यानडाले इटालीलाई ३–१ गोलले हराएको थियो । सन् २०१६ को फेब्रुअरी १६ मा भएको खेलमा क्यानडाले ग्वाटेमालालाई १०–० गोलले हराउँदै गर्दा क्वीनले ह्याट्रिकसमेत गरेकी थिइन् । – एजेन्सी 

Quinn (right)

तपाईंको प्रतिक्रिया

थप खबर