बालबालिकाहरुको इच्छालाई भन्दा आवश्यकतालाई अभिभावकले ध्यानदिनु पर्छ  ः डा.गिरी

  श्रावण ११, २०८०

१० साउन घोराही,

राप्ती इञ्जिनियरिङ कलेजमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमी भक्तपुर सम्बन्धन प्राप्त डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ र प्रि—डिप्लोमा इन सर्भे, सिभिल र इलेक्ट्रिकल इञ्जिनियरिङ कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुको अभिभावकहरुलाई अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

राप्ती इञ्जिनियरीङ कलेजका व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले  गुणस्तरिया शिक्षण सिकाईमा विद्यार्थीहरुको लागि अभिभावकहरुले खेल्नुपर्ने भूमिकाको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

डा.भीमसेन गिरीले आफ्रना बालबालिकाहरुलाई एउटा सफल ब्यक्ति बनाउनको लागि हरेक ब्यक्तिले सकारात्मक सोंचाइमा विकास गर्नुपर्ने र बालबालिकाहरुको इच्छालाई भन्दा पनि उसको आवश्यकतालाई हरेक अभिभावकले ध्यान दिनुपर्ने कुरा बताउनुभयो ।

कार्यक्रममा बोल्दै डा.गिरीले जीवनमा खुसि र आनन्दको अनुभुति गर्नको लागि बालबालिकाहरुलाई आध्यात्मिक सद्गुणहरुको ज्ञान दिनुपर्ने कुरामा उहांले जोड दिनुभयो ।अभिभावकले सानै देखि संस्कार युक्त व्यवहारिक बनाउन धेरै कुरा गर्नु भन्दा स्यानै देखि बच्चालाई विशेष ख्याल गर्नुपर्ने बताउनु भयो।बालबालिकाहरुलाई बिहान ५ बजे उठाउने बानी बसाल्ने, संस्कार सिकाउँदै सानै देखि आफू भन्दा ठूलालाई आदार तथा सानालाई माया गर्न सिकाउनुपर्ने बताउनु भयो ।

प्रशिक्षणका क्रम्मा डा.गिरीले बालबालिकाको भविष्य निर्माण र सफल ब्यक्ति बनाउनको लागि उसको घर, परिवार, विद्यालय र छरछिमेकको महत्वपुर्ण भुमिका र जिम्मेवारि हुनेहुंदा सबैले आआफ्नो क्षेत्रबाट उत्तरदायित्व निर्वाह गर्नुपर्ने कुरामा जोड दिनु भयो ।

डा.गिरीले विद्यार्थीहरूका लागि पढ्ने वातावरणको व्यवस्था गरिदिनु अभिभावकको प्रमुख दायित्व हो। विद्यालयमा भर्ना गरिदिँदैमा अरू बाँकी सबै काम विद्यार्थीकै हो भनेर बस्नु हुँदैन। विद्यार्थीका आवश्यकता अभिभावकले पूरा गरिदिनुपर्छ। त्यसका साथै विद्यालयमा साथीहरूसँगको व्यवहार गर्दा आवश्यक पर्ने खर्चको जोहोसमेत समयमै गरिदिनुपर्छ, अन्यथा विद्यार्थीहरूलाई उसका साथीहरू माझ हीनताबोध हुनसक्छ र पढाइप्रति ध्यान नजान सक्छ। अभिभावकले विद्यार्थीको उज्ज्वल भविष्यका लागि पढाइमा विशेष ख्याल राखी आवश्यक हरेक कुराको जोहो गरिदिएर पढ्ने अवसर र वातावरण सिर्जना गरी दिनुपर्छ भन्ने कुरामा जोड दिनुभयो ।

अहिलेको अवस्थामा आईटी शिक्षाको माग अत्यधिक भएकोले आईटी शिक्षाको रोजगारीको संभावनाहरुको बारेमा जानकारी दिनुभएको थियो । सुचना प्रविधिको प्रयोग बढदै गहिरहेकोले कम्प्युटर पढने विद्यार्थीहरुको लागि रोजगारीको सम्भावना बढि भएको बताउनु भयो ।

कार्यक्रममा डिप्लोमा इन कम्प्युटर इञ्जिनियरि, प्रि डिप्लोमा इन सिभिल ,इलेक्टिकल र सर्भे इञ्जिनियरिका अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अभिभावकहरुले शैक्षिक क्रियाकलापम सम्बधि जिज्ञासा राखेको थियो । अभिभावकका जिज्ञासाको जवाफ कलेजका प्रिन्सिपल रेशम गिरीले दिनु भएको थियो

कलेजका प्रिन्सिपल रेशम गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको कार्यक्रमको अध्यक्षता कलेज संचालक समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक डा.शैलेन्द्र गिरीले गर्नुभएको थियो भने सहजीकरण प्रशिक्षक लोकेन्द्र डांगीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर