काठमाडौं मेडिकल कलेजले नियमविपरीत फी लिएपछि विद्यार्थी आन्दोलनमा

  श्रावण ०, २०८०

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी फी लिएपछि विद्यार्थीले धर्ना सुरु गरेका छन्। कलेजले नियमविपरीत इन्टर्नसिप फी लिएपछि विद्यार्थीले अस्पतालमै धर्ना दिएका हुन्।

उनीहरूले ‘विद्यार्थी शोषण बन्द गर, हाम्रो माग पूरा गर’, ‘देशमा गणतन्त्र, लोकतन्त्र, मेडिकल कलेजमा लुटतन्त्र’, ‘अतिरिक्त शुल्क लिन पाइँदैन’जस्ता नारा लेखिएका पम्प्लेटहरू प्रदर्शन गरेका छन्।

एमबीबीसीएस पढ्ने विद्यार्थीका लागि सरकारले ३८ लाख ५० हजार रुपैयाँ शुल्क तोकिदिए पनि काठमाडौं मेडिकल कलेजले ४९ लाख रुपैयाँ लिएको विद्यार्थीको भनाइ छ । त्यसमध्ये ५ लाख रुपैयाँ मात्र फिर्ता दिएको र बाँकी रकम पनि फिर्ता माग्दा कलेज प्रशासनले धम्क्याउने गरेको उनीहरुको गुनासो छ ।

तपाईंको प्रतिक्रिया

थप खबर