राप्ती इन्जिनियरिङ कलेजमा इन्जिनियर दिवस मनाइयो 

  श्रावण ०५, २०८०

घोराही ३ दाङ सभिल इन्जिनियरिङ सोसाइटी क्लब राप्ती इन्जिनियरिङले ६१ औँ इन्जिनियर दिवस मनाएको छ । कलेजमा बुधबार एक कार्यक्रमम गरी दिवस मनाइएको हो ।
कार्यक्रममा प्रमुख अतिथि कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा.भीमसेन गिरी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि डा.गिरीले विकासको मेरुदण्ड पूर्वाधारसंग जोडिएका व्यक्तित्वहरु इञ्जिनियरको देश निर्माणमा महत्वपर्ण भूमकिा रहेको बताउनु भयो । इञ्जिनियरले आफनो पेसालाई मर्यादित बनाएर लैजानु पर्ने बताउनु भयो । अहिले विकास निर्माणको क्रममा इञ्जिनियरको कारण समयमै योजनाहरु सम्पन्न गर्न कठिनाइ रहेको उपभोक्ता समितिको गुनासोलाई समेत दिन जरुरी रहेको बताउन भयो । । प्रमुख अतिथि डा.गिरीले । कलेजमा इन्जिनियरिङ शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई मेहेनत र लगनशिल भई पढी भविष्यमा एउटा दक्ष इन्जिनियर बनी देशको सेवा गर्न आग्रह गर्नुभयो ।

     त्यसै गरी कलेजका सिभिल विभागका विभागिय प्रमुख ई. बाबुराम जोशीले इन्जिनियरिङ दिवस किन र यसको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमका विशेष विशिष्ठ अतिथि समेत रहनु भएका जोशीले इन्जिनियरको काम, कर्तव्य र मर्यादामा रही काम गर्न आग्रह गर्नु भयो । नयाँ आधुनिक नेपालमा निर्माणमा इन्जिनियरको महत्वपूर्ण भूमिकाको बारेमा प्रकाश पार्दै सबै इन्जिनियरलाई लगन शिल भई देश निर्माणको काममा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा वहाँले ने री तथा सदस्यहरु र सिभिल कार्यक्रममा अध्ययरत विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको पालका पहिलो ई. कुल रत्न तुलाधर तथा महिला ई.शान्ति मास्के लाई पनि सम्झनु भयो । कार्यक्रमा प्रशिक्षक सुभाष खडका लियो क्वल अफ राप्ती इञ्जिनियरि की अध्यक्ष लियो ऋचा बढाथोकी, स्टडेन्ट क्वालीटी सर्कलका अध्यक्ष अर्बिन के.सी.लगायतले बोल्नु भएको थियो । कार्यक्रममा सिभिल विभागका एसिस्टेन्ट लेक्चर ई.तिलकराज अधिकारी, ई.खेमराज बली, ई दर्गा के.सी. प्रशासकीय प्रमुख धनेश्वर चौधरी लगायत लियो क्लवका पदाधिकारी तथा सदस्यहरु, स्टडेन्ट क्वालिटी सर्कलका पदाधिकारी तथा सदस्यहरु, सिभिल इञ्जिनियरि सोसाइटी क्लवका पदाधिकारी तथा सदस्यहरु, तथा कलेजमा अध्ययरत सिभिल कार्यक्रमका विद्यार्थी तथा प्राध्यापकहरुको उपस्थिती रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर