नागरिकता विधेयक संसदमा दर्ता गर्ने मन्त्रिपरिषदको निर्णय

  असार २५, २०७

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।

संसदीय समितिबाट पास भएर अन्तिम चरणमा पुगेको नागरिकता विधेयक शुक्रबार नै फिर्ता लिएर संसदमा दर्ता गर्ने निर्णय भएको बैठकमा सहभागी एक मन्त्रील जानकारी दिए ।

अब नयाँ ल्याइने नागरिकतासम्बन्धि विधेयकमा गैर आवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेकका अन्य अधिकार उपभोग गर्न पाउने गरी व्यवस्था गरिने बताइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर