स्वास्थ्य राज्य मन्त्री भएपछि हिराचन्द्र केसी शुक्रवार गृह जिल्ला दाङ आउँदै !

  असार २३, २०७

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हिराचन्द्र केसी भोली शुक्रवार दाङ आउनुहुने भएको छ ।

राज्यमन्त्री केसी मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला आउन लाग्नुभएको हो ।
राज्यमन्त्री केसीले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिल्ला स्थीत स्वास्थ्य संस्थाको निरीक्षण गर्ने कार्यक्रम तय भएको राज्य मन्त्रीका स्वकीय सचिव अमीत शर्माले जानकारी दिए। राज्यमन्त्री केसीलाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको हैसीयतले कामकाज गर्ने र कामको प्रतिवेदन पेश गर्ने अख्तियारी दिइएको राज्यमन्त्रीका प्रेस संयोजक प्रशान्त वलिले जानकारी दिए  ।

तपाईंको प्रतिक्रिया

थप खबर