एक बजे फोन गरेर मलाई नखोज्नु भनेका दिपक मृत भेटिए

  असार २२, २०७

तुलसीपुर, २१ असार । दाङको तुलसीपुरमा एक युवक मृत अवस्थामा भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–४ निबासी ४० बर्षका दिपक थापा घरदेखि करिब ३ किलोमिटर टाढाको दुरीमा पर्ने ब्रेतावती खोलाको किनारमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता बखतबहादुर शाहीले जानकारी दिनुभयो ।

‘दिउँसो १ बजे सुर्याया रेष्टुरेण्टका राजु थापालाई फोन गरेर अंकल म धेरै टाढा गईसके मलाई अब नखोज्नुहोला भनेछन् । त्यसको लगत्तै मृतकको फोन सूइच अफ भयो । प्रहरीमा खोजतलासका लागि ठाडो निवेदन पनि परेको थियो । साढे पाँच बजे हामीलाई खबर आयो । जाँदा तिनै व्यक्तिको रहेछन । ’ प्रहरी निरीक्षक शाहीले भन्नुभयो ।

थापा मृत अवस्थामा फेला परेको खोलामा केहि माछा पनि मरेको प्रहरीले बताएको छ । मृत दिउँसो १२ बजे घरबाट निस्केका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको घटना स्थल पुग्नु भएका शाहीले बताउनुभयो । मृतक थापा सुर्याया रेष्टुरेण्टको काउन्टरमा बस्दै आएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर