सरकारले अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म पेट्रोल नलिने निर्णय गरोस् : शेखर कोइराला

  असार १०, २०७

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पेट्रोलियम पदार्थको मूल्य अचाक्ली भएको भन्दै यसबारे सरकारले उचित निर्णय लिनुपर्ने बताएका छन् ।

उनले जनतालाई महँगीको मारबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाउन आग्रह गरेका छन् । यसका लागि सरकारले पेट्रोलियम पदार्थको मूल्य नघट्दासम्म नलिने निर्णय गर्नुपर्ने उनको सुझाव छ ।

आज सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जनतालाई महंगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाइराख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर १० रुपैयाँ, सडक मर्मत कर ४ रुपैयाँ, भन्सार र प्रज्ञापन शुल्क २५.२३ रुपैयाँको आधा १२.६२ रुपैयाँ गरी जम्मा २६.६२ रुपैयाँ प्रतिलिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म नलिने निर्णय गरोस् ।’

तपाईंको प्रतिक्रिया

थप खबर