विद्यालयबाट फर्किंदै गरेका बालकलाई खोलाले बगायाे

  असार ०८, २०७

डडेल्धुराको परशुराम नगरपालिका-११ मा बाढीले बगाउँदा एक पाँच वर्षीय बालकको ज्यान गएको छ । परशुराम-११ कटौजा निवासी केशव बोहराका पाँच वर्षीय छोरा निराजनलाई स्थानीय स्थानीय खोलाले बगाएको हो ।

मंगलबार दिउँसो पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट घर जाने क्रममा बालकलाई पातलीस्थित ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिए ।

कक्षा १ का विद्यार्थी निराजनलाई सोही विद्यालयमा अध्ययनरत ठूला विद्यार्थीको सहयतामा खोला तर्ने क्रममा खोलाले बताएको हो । बालकको शव घटनास्थलबाट केही तल फेला परेको छ । खोलाले बगाउँदा सोही ठाउँका १५ वर्षीय रेशम साउद र १४ वर्षीय गोपाल साउद घाइते भएका छन् ।

रेशमले बालकलाई काँधमा बोकेर खोला तार्ने क्रममा उनीहरु दुबै बगेका प्रत्यक्षदर्शीहरुले बताएका छन्। रेशमको अवस्था गम्भीर रहेको प्रअ जोशीले जानकारी दिए।

तपाईंको प्रतिक्रिया

थप खबर