नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित

  असार ०७, २०७

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बित भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गरेको हो ।

कार्यकारी अध्यक्ष अधिकारीलाई विभिन्न आरोप लगाइएको छ । उनीमाथि कर्मचारीलाई दूर्व्यवहार गरेको, ट्विनेटर विमान भाडामा दिँदा कानुनी आधार र औचित्य बाहिर गएको, निगमको सेवा विस्तार गर्न साउदी अरब जाँदा तोकिएको भन्दा बढी टोली लगेकोलगायत थुप्रै आरोपहरु छन् ।

पछिल्लो समय संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग उनको सम्बन्ध राम्रो थिएन । आलेले अधिकारीलाई अश्लिल शब्द बोलेर गाली गरेको अडियोले बजार नै तात्यो । उक्त अडियो प्रकरणपश्चात् आलेको राजीनामा नै मागिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर