लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरीको नियन्त्रणमाJ

  जेठ ३१, २०७

लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमला वलीले महिला माथि हातपात गरेको आरोपमा पक्राउ परेकी छिन् । तुलसीपुर उपमहानगरपालिका-५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई कुटपिट गरेको आरोप लागेको हो ।

अहिले मन्त्री वलीलाई तुलसीपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए । मन्त्री वलीलाई तुलसीपुर प्रहरीले कडा सुरक्षाका साथ नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा थप अनुसन्धानका लागि ल्याएको छ ।

उनी व्यक्तिगत कामका लागि लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुगेकी थिइन् । मन्त्री वलीले के कारणले हातपात गरेकी हुन् त्यो भने खुल्न बाँकी छ ।  घटना बारे थप विवरण आउन बाँकी छ ।

तपाईंको प्रतिक्रिया

थप खबर