५ दिनको बिदा लिएर घर आएका पत्रकारको घाँस काट्ने क्रममा लडेर मृत्यु

  जेठ २५, २०७

गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक पत्रकारको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–४ जैसीथोकका ३४ वर्षीय घनश्याम पोखरेलको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार पोखरेल मंगलबार दिउँसो अफ्नै घर नजिकैको जंगलमा आँपको स्याउला काट्नेक्रममा लडेर घाइते घाइते भएका थिए ।

त्यसपछि उनलाई उपचारका लागि गुल्मी अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याउने बित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो ।

उनी नवलपरासी कार्याक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका थिए । पोखरेल नवलपरासीस्थित रेडियो दौतरीका स्टेसन म्यानेजसमेत हुन् । त्यस्तैगरी उनी प्रेस सेन्टर नवलपरासी अध्यक्ष थिए।

उनी कार्यालयबाट ५ दिनको बिदा लिएर गाउँघरमा भेटघाटका लागि आएको पारीवारिक श्रोतले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर