वडाध्यक्षसहित ३ जनालाई थुनामा राख्न अदालतको आदेश

  जेठ २४, २०७

तुलसीपुर, २३ जेठ । महिलाको अपहरणपछि हत्या गरेको आरोपमा रुकुम पूर्वमा पक्राउ परेका वडा अध्यक्ष सहित ३ जनालाई रुकुमकोट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलाशले पुथा उत्तरगंगा गाउँपालिका ११ का निवर्तमान वडा अध्यक्ष जय बहादुर बुढा, नेकपा माओवादीको तर्फबाट बैशाख ३० गते ११ नम्बर वडामा अध्यक्ष पदका उम्मेदवार बन्नु भएका कुमार सिङ र नेकपा माओवादीका कार्यकर्ता अर्जुन बुढालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

गएको बैशाख १९ गते राति ८ बजे पुथा उत्तर गंगा गाउँपालिका ११ को सेराबालुवामा माओवादीको आक्रमणबाट सोही ठाउँ निबासी एमाले समर्थक ३५ बर्षकी दुःखी भन्ने जुनमाया बुढाको मृत्यु भएपछि उनिहरुलाई प्रहरीले बैशाख २८ गते पक्राउ गरेको थियो ।
माओवादीले आक्रमणपछि अपहरण गरेर जुनमायाको हत्या गरेको भन्दै आफन्तले प्रहरीमा जाहेरी दिएका थिए । जुनमायाको शव सातदिनपछि बैशाख २६ गते तकसेराको जंगलमा फेला परेको थियो । रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीका अनुसार पिडित पक्षले ३ जना सहित अन्य नाम नखुलेका समेत २० जनाको सामूहिक आक्रमणबाट मृत्यु भएको भन्दै किटानी जाहेरी थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर