बालुवाटार पुग्यो एकीकृत समाजवादीबाट बन्ने नयाँ मन्त्रीकाे नाम, यी हुन् नयाँ मन्त्रीहरु

  जेठ २२, २०७

नेकपा (एकीकृत समाजवादी) ले हाल देउवा नेतृत्वको सरकारमा बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकको निर्णयअनुसार बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम सिफारिस गरिएको हो ।

नेकपा एसले नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मेटमणि चौधरीलाई सहरी विकास मन्त्री, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्रीका रुपमा सिफारिस गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्री बनाइएको छ भने स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई सिफारिस गरिएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर एसका नेताहरु विजय पौडेल र प्रमेश हमालले नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । नयाँ मन्त्रीहरुको सपथ ग्रहण पनि आजै गराउने बताइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर