भारतबाट फेरि पेट्रोलको मूल्य प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेर आयो

  जेठ १, २०७

भारतबाट फेरि पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची हेरफेर भएर आएको छ । बुधबार नेपाल आयल निगमले विज्ञप्तिमार्फत भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ मूल्य सूची हेरफेर गरेर पठाएको जनाएको हो ।

निगमका अनुसार भारतबाट पेट्रोलको मूल्य बढेर आएको छ भने डिजेल, खाना पकाउने एलपी ग्याँस र हवाइ इन्धनमा घटेर आएको छ ।  पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेर आएको छ भने डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा, खाना पकाउने ग्यासँमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ, हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ ।

निगमले मासिक अझैँ पनि ६ अर्ब १५ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने विज्ञप्तिमा जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर