धरानदेखि धनगढीसम्म उदाए ‘बालेन’ हरू

  जेठ १२, २०७

उच्च ओहदामा बसेर निम्नस्तरका भाषा बोल्ने नेताहरुलाई चुनौती दिँदै गाउँ–नगरका मुद्दा उठाउने उम्मेदवारलाई मोहर

काठमाडौँ — स्थानीय तहको निर्वाचनमा ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार अनुमोदित भएका छन् । दलका उम्मेदवारलाई पराजित गरेर १३ जनाले त पालिका प्रमुखको नेतृत्व लिएका छन् ।

 

 

स्वतन्त्र जनप्रतिनिधिमध्ये चार जना उपप्रमुख/उपाध्यक्ष, १ सय ३६ वडाध्यक्ष र २ सय ३२ वडा सदस्य छन् । उनीहरूमध्ये केही कहिल्यै दलमा आबद्ध नभएका छन् भने केही दलबाट टिकट नपाएपछि बागी बनेका हुन् ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर वालेन्द्र (बालेन) साहले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षीका उम्मेदवारलाई ठूलो मतान्तरले पछाडि पारेका छन् । उनको विजयको औपचारिक घोषणा हुन मात्र बाँकी छ ।

११ उपमहानगरपालिकामध्ये धरानमा हर्कराज राई, जनकपुरधाममा मनोजकुमार साह र धनगढीमा गोपाल हमाल स्वतन्त्रबाट विजयी भएका छन् । जनकपुरका साह भने कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र रूपमा उम्मेदवार बनेका हुन् ।

 

 

तपाईंको प्रतिक्रिया

थप खबर