काठमाडौं बालेन शाहको फराकिलो अग्रता, स्थापित र सिर्जनाको सुस्त गति

  जेठ ०४, २०७

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले १५ हजार ४०२ मतसहित फराकिलो अग्रता कायम राखेका छन् ।

उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ११४ मतले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले अगाडि छन् ।

आज बिहानको ताजा परिणाम अनुसार शाहले १५ हजार ४०२ मत पाए छन् । उनलाई पछ्याइरहेका स्थापितले ८ हजार २८८ र सिंहले ७ हजार २९० मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेका सुनिता डंगोलले १२१५७ मत पाएका छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ ३६१४ र राप्रपाकी विनीता मगैयाले २६२८ मतका साथ प्रतिस्पर्धामा छन् ।

अहिलेसम्म ३९ हजार ५२० मत गणना सकिएको छ । अहिले वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ ।

तपाईंको प्रतिक्रिया

थप खबर