काठमाडौं महानगरको मतगणना कार्य थाल्न समय लाग्ने, सामाजिक संजालमा पहिल्यै फिजाइयो हल्ला

  बैशाख ३१, २०७

काठमाडौं महानगरपालिकाको मतगणना तत्काल नहुने भएको छ । मतपेटिका ल्याउने क्रम अझै जारी रहेकाले मतगणना थालनी गर्न अझै समय लाग्ने काठमाडौंका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिलेसम्म मत गणनको लागि समय तय भइनसकेको निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले जनाएको छ । काठमाडौं महानगरको मतगणना सुरु भइसकेको भन्दै यसअघि नै सामाजिक संजालमा सार्वजनिक भएको भएपनि त्यो सत्य नभएको काठमाडौंका प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए ।

काठमाडौं जनसंख्याको आधारमा सबैभन्द ठूलो महानगरपालिका हो । यहाँ ३२ वडा रहेको छ भने ३ सय ६३ वटा मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर