हामीले जिते वृद्धभत्ता वडाबाटै :गेहेन्द्र गिरी

  बैशाख २६, २०७

नेपाली कांग्रेस सहितको गठबन्धनदलबाट मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले वृद्दभत्तालाई वडाबाटै बितरण गर्ने बताएका छन।

सामाजिक सुरक्षाभत्ता अन्र्तगत बृद्दभत्ताको बाहानामा ज्येष्ठ नागरिकहरुले विगत देखिनै सास्ती खेप्दै आएकाले अव उक्त भत्ता वितरणलाई वडास्तरमा पु¥याउने बताए ।

आफु मेयर पदमा निर्वाचीत भएर आएलगत्तै ज्येष्ठनागरिकको हितका लागि बृद्धभत्ता वडाबाट वितरणगर्ने गरी नीति ल्याउने र त्यसलाई पूर्णपालना गर्ने प्रतिवद्दता व्यक्त गरे ।

बृद्धभत्ता लिनका लाग घण्टौँ लाइनमा बस्दै आएका ज्येष्ठनागरिकहरुसंग साक्षात्कार गर्दै मेयर पदका उम्मेदवार गिरीले जनभावना र जनआवश्यकताका आधारमा नीति तथा कार्यक्रम बनाइने बताए ।

बृद्धभत्ता बुझ्नाका लागि दिनभर लाईन बस्नुपर्ने, आफ्नो पालो नआउने र भत्ता बुझ्न समस्या झेल्नुपर्ने बाध्यता अब हटेर जानेमा विश्वस्त हुन आग्रह समेत गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर