गठबन्धन राष्ट्रिय आवश्यकता हो प्रधानमन्त्री देउवा

  बैशाख २६, २०७

,बैशाख २५ । दाङको तुलसीपुरमा पाँच दलिय गठबन्धन दलहरुको बृहत चुनाबी आमसभा भएको छ । चुनावी आमसभा कार्यक्रम तुलसीपुरको अरणिको मैदानमा भएको हो ।

आमसभालाई सम्बोधन गर्दे प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।

‘ओलीजीले राष्ट्रलाई दुर्घटनामा लैजादै हुनुहुन्थ्यो,’ प्रधानमन्त्री देउवाले भने,‘संसद भगं गरिहाल्नुभो,हामीले हारगुहार गरेर संसद फिर्ता गरायौ, जनताको निणर्य पनि नमान्ने उहाँ प्रजातन्त्रवादी नै होइन ? ।’

प्रधानमन्त्री देउवाले अहिलेको पाँच दलिय गठबन्धनलाई बर्षौसम्म टिकाई राख्न आबश्यक रहेको पनि बताए । ‘ओलीजी बाट मुक्त पाउन अत्यन्त आवश्यकता थियो,त्यसैले अति नै भएपछि संसद ढल्नबाट बचायौ र अहिले गठबन्धनको सरकार छ,’ उनले अगाडि भने ‘‘अब गठबन्धनलाई जिताउन जरुरी छ ।’

गठबन्धनकै कारण पार्टी भित्र असन्तुष्ट देखा परेको भन्दै ती समस्यालाई समाधान गरी बर्षौसम्म टिकाई राख्नका लागि प्रर्यत्न गर्नुपर्ने उनले बताए । गठबन्धनको सरकारबाटै विकास र समृद्धि सम्भव भएकाले यसलाई टिकाई राख्नका लागि नेता,कार्यकर्तालाई एकजुट हुन देउवाले निर्देशन दिए ।

कांग्रेसका लागि गठबन्धन अति नै आवश्यक रहेको बताउँदै देउवाले यसका लागि साझा उमेदवारहरुलाई विजयी बनाउन नेता कार्यकर्ताहरुमा अपिल समेत गरे ।

त्यस्तै कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ९प्रचण्ड०ले बाम लोकतान्त्रिक शक्तिहरुको बीचको सहमति र सहकार्यले मात्रै देशमा राजनीति स्थायित्व दिन र जनताको जनताको आवश्यकता अनुसार विकास र समृद्धिको नयाँ युग तिर लैजान सकिने बताए ।

‘राजनीति स्थायित्व,संविधान कार्यान्वयनको बातावरण निमार्ण गर्न र जनताको आवश्यकता अनुसार विकास र समृद्धिको नयाँ युग तिर देशलाई लैजानको लागि पञ्चायती तानासाहीहरुको अन्त्य भएको हो,’ प्रचण्डले भने ,‘अबको सहमति र सहकार्यले नै देशलाई विकास र समृद्धि लैजना सकिन्छ,त्यसैले गठबन्धन अहिलेको आवश्यकता हो ।’

प्रचण्डले आफुहरुको गठबन्धन प्रतिगमन विरुद्ध, बिखण्डनकारी विरुद्ध भएको पनि बताए । ‘चितवनमा भाषण गरेको कुरालाई कुअर्थ लगाईयो,’ उनले भने ‘ मैले देश दुर्घटना वा भाँडमा जाओस भन्न खोजेकै होइन ।’

गठबन्धनका उमेदवारले विजयी प्राप्त गरे मात्रै प्रतिगमन परास्त हुने उनको भनाई थियो । देशभर गठबन्धन गरेर प्रतिगमन विरुद्ध एकताबद्ध हुन चुनावी तालमेल गरेको बताउदै अब साझा उमेदवारहरुलाई विजयी बनाउन उनले अपिल गरेका थिए ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिचाई मन्त्री दीपक गिरी, नेकपा एकीकृत समाजबादीका उपमहासचिब डा. बिजय पौडेल , नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गठबन्धन दलबाट तुलसीपुर उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार गेहेन्द्र गिरी, नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य तथा उपमेयर पदका उम्मेदवार जोगबहादुर राना मगर लगाएतले चुनावी सभालाई सम्बोधन गरेका थियो ।

नेकपा एकीकृत समाजबादीका जिल्ला सहइन्चार्ज डिल्ली डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कांग्रेस दाङका सचिव अजुर्न योगीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर