गठबन्धनले आज काठमाडौंमा चुनावी सभा गर्दै, शीर्ष नेताले सम्बोधन गर्ने

  बैशाख २३, २०७

आज सत्ता गठबन्धनले काठमाडौँ उपत्यकामा संयुक्त चुनावी सभा गर्दैछ । बिहीबार मात्र भरतपुरमा चुनावी सभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेको हो ।

सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । काठमाडौँ महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार छन् भने, ललितपुर महानगरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार छन् ।

गठबन्धनका शीर्ष नेताहरुले बिहीबार भरतपुरमा आयोजित चुनावी सभामा माओवादी केन्द्रका नेतृ रेणु दाहाललाई मेयरमा जिताउन आह्वान गरेका थिए ।

कांग्रेसले यसअघि २१ वैशाखमा मोरङको विराटनगरमा सभा गरिसकेको छ । विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् । कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा गर्दैछ ।

तपाईंको प्रतिक्रिया

थप खबर