जिल्लामा सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले शान्तिनगरको प्रमुखमा प्रमोद बस्नेत

  बैशाख १२, २०७     केशब

१२ वैशाख दाङ । दाङमा चार स्थानीय तहबाहेक सत्ता गठबन्धनका दलहरूबीच तालमेलमा सहमति नभएपछि कांग्रेसले सात पालिकामा प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुंग्गो लगाएको छ ।

नेपाली कांग्रेस दाङको आइतबार राति बसेको बैठकले सात स्थानीय तहका उम्मेदवारहरूको नाम टुंग्गो लगाएको हो । लमही नगरपालिकाको प्रमुखमा जोगराज चौधरी र उपप्रमुखमा लक्ष्मी योगीलाई उम्मेदवार बनाउने निर्णय गरिएको पार्टीका जिल्ला उपसभापति गिरिराज सुवेदीले जानकारी दिए ।

त्यस्तै गढवा गाउँपालिकाको अध्यक्षमा सर्वजीत बिसी र उपाध्यक्षमा शारदा चौधरीलाई उम्मेदवार बनाइने भएको छ भने राजपुर गाउँपालिकाको अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपति यादव उम्मेदवार हुने भएका छन् । यादवलाई पुनः उपाध्यक्षमा उम्मेदवार बनाइएको छ ।

उता प्रदेश राजधानी तोकिएको राप्ती गाउँपालिकाको अध्यक्षमा जगदम्बा चौधरी र उपाध्यक्षमा हरि भुसाल उम्मेदवार हुने भएका छन् । यसअघि उपाध्यक्ष रहेकी चौधरीलाई यसपटक अध्यक्षको उम्मेदवारी बनाइएको छ ।

दंगीशरण गाउँपालिकाको अध्यक्षमा शम्भु गिरी र उपाध्यक्षमा पिमाकुमारी खड्का, बबई गाउँपालिकाको अध्यक्षमा कुलबहादुर खत्री र उपाध्यक्षमा बमकुमारी खड्कालाई उम्मेदवार बनाउने निर्णय गरिएको उपसभापति सुवेदीले जानकारी दिए ।

जिल्लामा सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले शान्तिनगरको प्रमुखमा प्रमोद बस्नेत र बंगलाचुली गाउँपालिकाको उप्रमुखमा भक्तबहादुर जिसीलाई उम्मेदवार बनाउने भएको छ ।

सत्ता गठबन्धनको सहमति अनुसार शान्तिनगर गाउँपालिकाको प्रमुख कांग्रेस र उपप्रमुख माओवादीलाई दिने भनिएको थियो । तर अहिले तालमेल नहुने अवस्था आएको उपसभापति सवेदीले बताए । यसका लागि बैठक बसिरहेको उनले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर