नेपाली कांग्रेसबाट घोराहीमा उपमेयर पदका लागि महिला नेतृ जानका केसि को बलियो दाबी रहेको

  बैशाख ०५, २०७

नेपाली कांग्रेसबाट घोराहीमा उपमेयर पदका लागि महिला नेतृ जानका केसि को बलियो दाबी रहेको छ ! । घोराही नगर सभापति तिलक रावतका अनुसार आइतबार नै नाम सिफारिस गरिएका उपमेयरमा दश जनाको नाम मध्य केसि नेपाली काङ्ग्रेस को तर्फ बाट अब्बल उम्मेदवार मानिन्छिन ! नगर समिति बाट सिफारिस गरिएका सावित्रा राना, पुष्पा श्रेष्ठ, गोमा रावत, बालिका लम्साल, टीका डाँगी, निरजा पोखरेल, माया पोखरेल मध्य जानका केसि राजनीति , सामाजिक , वन वातावरणमा का हिसाब ले बिषय गत रुप विशेषज्ञ का रुपमा परिचीत छिन ।

नेपाली काङ्ग्रेस १४औ अधिबेशन बाट लुम्बिनी प्रदेश को सदस्य पदमा भारी मतका साथ बिजय भएकी केसि नेपाली काङ्ग्रेस को राजनीति मा २०६१ साल देखि सक्रिय रहेकि हुन । २०५१ साल मा महेन्द्र बहुमुखी क्याम्पस मा नेपाल विद्यार्थी संघ बाट राजनीति मा प्रबेस गरेकी केसि अध्ययन को सिलसिला मा रहदा पार्टी लाई सहयोग पुर्याउदै आएको र साबिक त्रिपुर नगर पालिका मा नेपाली काङ्ग्रेस को भातृसस्था नेपाल महिला संघ को सभापति , दाङ क्षेत्र न २ को नेपाल महिला संघ सभापति भएर सफलता पुर्बक जिम्मेवारी निभाइसकेको छिन । आफुलाई पार्टी उपमेयर पदमा जिम्मेवारी दिएमा आफुले विजय हासिल गर्न सक्कने र पार्टीको छवि उच्चराख्दै सफलता साथ काम गरेर देखाउन सक्क्ने उनको भनाइ छ । बुवा र ससुरा बुवा लाई राजनीति रुपमा प्रेरणा को स्रोत ठान्ने केसि आफुलाई हरेक पटक सहयोग गर्दै उर्जा दिने , राजनीति शिक्षा प्रदान गर्ने कुरामा सवै अग्रज नेता हरु लाई मान्द्छिन । अग्रज नेता हरुलाई समान रुपमा सम्मान गर्ने केसि ले पार्टी ले मेरो योग्यता र पार्टी मा काम गरेको कुरालाई मूल्याकंन गरेर आफ्नो पक्षमा निर्णय गर्ने कुरामा बिश्वास लिएको बताउछिन !।
सामुदायिक बन क्षेत्रबाट सामाजिक सेवामा लागेको केसि हाल सामुदायिक वन उपभोक्ता महासंघ नेपाल को जिल्ला सचीव को जिम्मेवारी मा छिन । दाङ् महिला जेसिज को विभिन्न जिम्मेवारी , समुदायमा आधारित वन सहजकर्ता संजाल नेपाल को केन्द्रिय सदस्य , वन श्रमिकसंघ लुम्बिनी प्रदेश को महासचिव , रेड्सेल जलवायु परिवर्तनका बिषयमा राष्ट्रिय प्रशिक्षक , हरियो वन कार्यक्रम को लिल्ला सयोजक , नवीकरणिय उर्जा कार्यक्रम को जिल्ला सयोजक भएर लामो अनुभव सङगालेकी केसि बिपन्न बर्गको आय आर्जन , लछित बर्ग को जिबिकोपार्जन योजना तर्जुमा , सहभागी मुलक योजना तर्जुमा र प्राकृति श्रोत को न्यायोजित रूपमा न्यायिक क्षेत्रमा सहजीकरण गर्दै आएकी छन । नारायण पुरमै शिक्षण पेसा मा ४ बर्ष बिताएकि नेतृ केसि ले ग्रामीण विकास र समाजशास्त्र बिषयमा स्नातकोत्तर (एम ) सम्म को अध्यन गरेकी छिन । महिला हिम्षाको बिषय मा विध्यावारिधी गर्ने योजना मा रहेको बताउने केसि समाज कल्याण केन्द्र दाङ सस्था मार्फत सामाजिक कार्य का विभिन्न गति अगाडि बढाउदै आएकि छन ! क घोराही १० नारायणपुर निवासी केसि ले महिला सहकारी , सामुदायिक वन , आमासमुह आबद्ध रहदै उध्यमी महिला समूह निर्माण गर्ने कार्य गर्दै आएकी छिन ।

तपाईंको प्रतिक्रिया

थप खबर