मालपोत कार्यलयका प्रमुख सुनिल झा ५ लाख रुपैयाँ घुस लिँदै

  चैत २८, २०७८

२८ चैत, जनकपुरधाम । धनुषा मालपोत कार्यलयका प्रमुख सुनिल झा ५ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले कार्यालय प्रमुख झालाई जनकपुरधामको भानु चोकबाट सोमबार बिहान पक्रेको हो ।

सेवाग्राहीसँग घुस वापत रकम लिँदै गरेका उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका निमित्त प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए ।

एउटा मुद्दाको फैसला गराइदिने भन्दै झाले रकम लिइरहेका थिए । उनलाई पक्रेर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर