रुपन्देहीमा म्यादी प्रहरीको नतिजा सार्वजनिक, २५२१ जना पास

  चैत २५, २०७८

२५ चैत, काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले म्यादी प्रहरीको नतिजा सार्वजनिक गरेको छ । गएराति सार्वजनिक गरिएको नतिजा अनुसार म्यादी प्रहरीमा २ हजार ५२१ जना पास भएका छन् ।

पास भएकाहरुलाई प्रवेश पत्र, नागरिकता, २ थान पासपोर्ट साइजको फोटो सहित २७ गते बिहान १० बजे जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उपस्थित हुन भनिएको म्यादी प्रहरी छनोट उपसमिति संयोजक एवम् प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

 

तपाईंको प्रतिक्रिया

थप खबर