तुलसीपुर,११ नेपाली कांग्रेसका नेता डिल्ली बहादुर बस्नेत ले तुलसीपुर उपमहानगरपालिका मेयर को लागी आफु बलियो उम्मेदवार भएको बतायका छन । स्थानीय तहको निर्वाचनको समय नजिकिदै गर्दा खबरआज डटकमसंग कुरा गर्दा बस्नेत ले तुलसीपुर उपमहानगरपालिका को मेयर को इच्छा व्यक्त गरेका थिय करिब ५/६जनामध्य आफु सबैभन्दा बलियो उम्मेदवार भएको बताय ।
काम गर्नका लागि चुनौति हुँदाहुँदै पनि सामाजसेवा कामहरु गरेका थुप्रै अनुभव भएकाले सहज रुपमा नगर क्षेत्रको विकासका लागि अगाडि बढ्न सक्ने ताकत र आँट आफुमा भएकाले टिकट पाएमा जितेर देखाउन सक्ने उनले बताय । ‘समय परिवर्तन भइरहेको छ । काँग्रेसको १४ औं महाधिवेसनले पनि अवको नेतृत्वमा राम्रो अनुभवी सबै बुझेको आउनुपर्छ भन्ने कुरा गरेका थिय। अव पुरानो शैलीमा पार्टी र विकास एकै साथ चल्न सक्दैन् । अव समाज रुपमान्तरणका लागि फरक ढंगले सोच्न आवश्यक छ । त्यसका लागि मसंग विगतमा काम गरेको अनुभव छ । नगर ले पनी सबैको मन जित्न सक्ने सामाजिक व्यक्तिको खोजीगरेको छ । त्यसकारणले पार्टीले मलाई टिकट दिन्छ भन्ने आसा गरेको छु ।’बस्तेत ले भने । यद्यपी पार्टीले गरेको निर्णयलाई आफुले आत्मसात गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थीय ।
तुलसीपुरउद्योग बाणिजय संघ का संस्थापकअध्यक्ष्य पनि भएका थिए कांग्रेसको निर्वतमान महासमिती सदस्य पनि भइसकेक थिए धेरैसमाज सेवामा पनि लागी परेका थीय पाटिलाई सहयोग गर्दै आएका छन हाल नेपाली कांग्रेसकोनगर समितीको भवनको लागी २०००पिस इट्टा र २००कुर्सी एकलाख पचासहजार बरावरको छोरा टेकन प्रसाद बस्नेत (हिमाल)बाट सामान हस्तारण भएको थियो।
नगरले आफुले राखेको कार्यक्रममा डिल्ली बस्नेत र छोरा टेकन प्रसाद बस्नेत (हिमाल) लाई पाटिलाई सहयोग गरेको भन्दै सम्मान गरेको थियो । प्रतेका वडामा कांग्रेस जिताउ भन्ने अभियान मा सक्रिय भएर लागेको डिल्ली बस्नेत बताउछन ।
नेपाली कांग्रेसलाई चलायमान बनाउन र एकढिक्का भएर अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले टिकट पाए मतदाताको शिर झुक्न नदिएर जसरीपनि जित हासिल गर्ने बताउछन् ।
युवा पुस्ता र अग्रजहरुको साथ सहयोग लिएर पार्टिलाई उच्चतम स्थानमा पुर्याउने र अवको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टि बनाउने उनी बताउछन् ।