नेपाल दलित संघ दाङले अन्तरक्रिया कार्यक्रम सम्पन्न

  चैत २२, २०७८

नेपाली कांग्रेसको भात् संगठन नेपाल दलित संघ दाङले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय निर्वाचनमा दलितको सहभागिता र भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको हो। दलित संघ दाङका जिल्ला अध्यक्ष बाबुराम बिस्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाली कांग्रेसका नेता नेपाल दलित संघ लुम्बिनी प्रदेश अध्यक्ष जोगेन्द्र बिस्वकर्मा, बिशिस्ट अतिथिमा नेपाल दलित संघ केन्द्रीय सचीव देबिका नेपाली, दलित संघका संस्थापक नेता खड्क बहादुर बिस्वकर्मा र अतिथिहरु नेपाल दलित संघ लुम्बिनी प्रदेशका सहसचिव खेमराज बि क सेन्चुरी, जिल्ला समन्वय समिती सदस्य लोका बिस्वकर्मा, नेका पुर्व महाधिवेशन प्रतिनिधि चेत बहादुर सेर्पाइली लगायतका नेताहरुले बोलेका थिय। संस्थापक नेता खड्क बहादुर बिस्वकर्माले बिगत ५४ र ५१ मा दलितलाइ टिकट दिने गरेको र आफू पनि साबिक धर्ना बाट चुनाव जितेको कुरा सुनाउदै कांग्रेसले अहिले दलितलाइ टिकट दिन कन्जुस्याइँ गरेको र नदिए पार्टीलाई खवरदारी गर्न कार्यकर्तालाई तयार हुन आग्रह गर्नु भएको थियो। लुम्बिनी प्रदेश अध्यक्ष कार्यक्रमका प्रमुख अतिथी जोगेन्द्र बिस्वकर्माले पार्टीले जोकोहीलाई टिकट दिए दलित संघ दाङ सकृय भएर इमानदार पुर्वक लाग्नुपर्ने निर्देशन दिनुभएको थियो। साथै दाङ कांग्रेसले दलितहरुलाइ वार्ड अध्यक्ष, प्रमुख र उपप्रमुखमा पनि टिकट दिएर न्याय र सम्मन गर्ने आशा ब्यक्त गरेका थिय। उपाध्यक्ष देब कुमार नेपालिको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन उपाध्यक्ष प्रकाश नेपालिले गरेका थिय।

तपाईंको प्रतिक्रिया

थप खबर