नगर कस्तो बनाउने भन्ने म सङ्ग प्रस्ट योजना छ। मेयरका आकङ्छी भट्टराई

  चैत २१, २०७८

नगर कस्तो बनाउने भन्ने म सङ्ग प्रस्ट योजना छ। मेयरका आकङ्छी भट्टराई ।
आसन्न स्थानीय तहको निर्वाचनमा तुल्सिपुर उपमहानगरपालिकाको मेयर पदमा उम्मेद्बारी घोषणा गरिसकेका नेत्रलाल भट्टराई ( नारायण ) ले आफुले टिकट पायमा चुनाव जित्ने र नगरलाइ कस्तो बनाउने भन्ने आफु सङ्ग स्पष्ट भिजन छ र तुल्सिपुरलाइ नमुना र पारदर्शी नगर बनाउने बताय। तुल्सिपुर उपमहानगरपालिका वडा न. ८ दुधेनाका स्थायी बासिन्दा रहेका भट्टराई वडा न. ८, वडा न. ५ लगायतका वडाबाट मेयरमा सिफारिस भयका भट्टराईले भौतिक बिज्ञान र अर्थशास्त्रमा डिग्री समेत हासिल गरिसकेका भट्टराई बौद्धिक र भिजन भयका युवामा पर्नुहुन्छ। नेपाल जेसिजका रास्ट्रिय उपाध्यक्ष समेत रहेका भट्टराई, जेसिज, बिज्ञान शिक्षक समाज, नेपाली काङ्ग्रेस पार्टीको निबर्तमान जिल्ला सदस्य , क्षेत्रिय प्रतिनिधि लगायतका विभिन्न पदमा जिम्मेवारी कुशलतापुर्बक सम्पन्न गरेका भट्टराईले तुल्सिपुर उपमहानगरपालिकाको बारेमा कहाँ कुन अवस्था छ? बिकाश कसरी, कुन मोडेलमा गर्ने? यहाँका समस्या के छन ? ती समस्याहरु कसरी समाधान गर्न सकिन्छ ? यहाँका आम नागरिकको चाहना के छ? शिक्षा, स्वास्थ , खानेपानी, कृषि, उद्योगधन्दालाइ कुन मोडेलमा लैजाने, भौतिक पुर्बाधारको निर्माण कसरी गर्ने, मुख्य कुरा सुशासन कसरी कायम गर्ने र गर्न लगाउने भन्ने यावत विषयमा आफुले स्पष्ट भिजन बनायर बसेको बताउने भट्टराईले अवसर पाय देखाउने छु तरपनी पार्टीले जो ब्यक्तीलाई टिकट दिन्छ उसैलाई सहयोग गर्दै नमुना नगर बनाउन आफुले कोरेको खाकाहरुलाइ पार्टीकै भिजन बनायर अघि बढ्ने बताय।

तपाईंको प्रतिक्रिया

थप खबर