जनतासँग भ्रमको राजनीति नगर्न कम्युनिष्टलाई आग्रह

  चैत २०, २०७८

तुलसीपुर,२० चैत । नेपाली कांग्रेस दाङ जिल्ला सभापति शंकरप्रसाद डाँगीले वडा स्तरबाट राजनीति सुर्धिनु पर्ने बताएका छन् । घर–घर जाउ काँग्रेस जिताउ अभियानका अबसरमा नेपाली काग्रेस तुलसीपुर–।३ इकाइले आयोजना गरेको भट्टे टोल इकाई भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

वडा ईकाइ सभापती झुपलाल वलीको अध्यक्षता तथा नेपाली काँग्रेस दाङ जिल्ला सभापती शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यतामा एवम नेपाली काँग्रेस क्षेत्र नं ३ का सभापती जगतबहादुर खड्का, घर घर जाउ काँग्रेस जिताउ दाङ जिल्ला प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधि विमल रिजालको, प्रदेस ३ क का सभापती देवेन्द्र रिजाल बिशिष्ठ आथित्यतामा भएको भेलामा गरीब, निमुखा जन्तासग भ्रमको राजनीति नगर्न कम्युनिष्टलाई आग्रह गरेका थिए ।

कार्यक्रमा घरघर जाउ काग्रेस जिताउ अभियानकि क्षेत्र नंं.३ कि प्रतिनिधि रेष्मी वली, प्रदेश ३ ख का उपसभापति फर्साराम डागी, प्रदेश ३ क का सहसचिव राजेन्द्र महतारा, कोषाध्यक्ष यमुना शाह, घर जाउ काँग्रेस जिताउ अभियानकी प्रदेश प्रतिनिधि इन्द्रीरा शर्मा, नगर उपसभापती विनिल केसी, नगर प्रतिनिधि डिल्ली वली , पूर्व जिल्ला सदस्य तथा क्षेत्रीय प्रतिनिधि चन्द्रकान्त खरेल, नेता जंगबहादुर वलीलगायकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जेष्ठ नागरीक २६ जनालाई सम्मान गरिएको थियो । उत्त कार्यक्रममा विभिन्न पार्टी परित्यग गरि ५६ जनाले नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । भट्टे टोल इकाई सभापती लालबहादुर खड्काको स्वागत मन्तब्यबाट सुरूभएको कार्यक्रमको संचालन वडा ईकाइ सचिव प्रेम तिवारीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर