तुलसीपुरउपमहानगर पालिका वडा नं१ को वडा अध्यक्ष्यको इच्छा

  चैत १८, २०७८     केशब

तुलसीपुर,१ नेपाली कांग्रेसका युवा नेता लोकराज भुसाल तुलसीपुर उपमाहानगरपालिका वडा नं १ को वडा अध्यक्ष को लागी आफु बलियो उम्मेदवार भएको बतायका छन । स्थानीय तहको निर्वाचनको समय नजिकिदै गर्दा खबरआज डटकमसंग कुरा गर्दै भुसाल ले तुलसीपुर उपमहानगरपालिका१ को वडा अध्यक्ष को इच्छा व्यक्त गरेका थिय करिब ३/४ जनामध्य आफु सबैभन्दा बलियो उम्मेदवार भएको बताय ।

काम गर्नका लागि चुनौति हुँदाहुँदै पनि सामाजसेवा कामहरु गरेका थुप्रै अनुभव भएकाले सहज रुपमा वडा क्षेत्रको विकासका लागि अगाडि बढ्न सक्ने ताकत र आँट आफुमा भएकाले टिकट पाएमा जितेर देखाईदिने उनले बताय । ‘समय परिवर्तन भइरहेको छ । काँग्रेसको १४ औं महाधिवेसनले पनि अवको नेतृत्वमा युवाहरु आउनुपर्छ भन्ने सन्देश दिएको छ । अव पुरानो शैलीमा पार्टी र विकास एकै साथ चल्न सक्दैन् । अव समाज रुपमान्तरणका लागि फरक ढंगले सोच्न आवश्यक छ । त्यसका लागि मसंग विगतमा काम गरेको अनुभव छ । वडा ले पनि सबैको मन जित्न सक्ने सामाजिक व्यक्तिको खोजीगरेको छ । त्यसकारणले पार्टीले मलाई टिकट दिन्छ भन्ने आसा गरेको छु ।’ युवा नेता भुसाल ले भने । यद्यपी पार्टीले गरेको निर्णयलाई आफुले आत्मसात गरेर अघि बढ्ने प्रतिवद्धता भुसाल ले व्यक्त गरेका थीय ।

यसै १ वडा मा रहेको कामना सेकेन्डरी बोडिङ् मा १० बर्ष अध्यापन गराएको ,,मनकामना मन्दिरको अध्यक्ष ,,बाटो बन ,सहकारी एवं विभिन्न सामाजिक कार्यमा मुख्य पदमा सम्लग्न रहि कार्य गरेको र सबै सगं परिचित भएको कुरा बताए ।।

स्थानीय तहको निर्वाचन बैशाख ३० गते तोकिएपछि कांग्रेस पार्टी भित्र वडा अध्यक्षदेखि मेयर, उपमेयरको टिकटका लागि दौडधुप सुरु भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर