तुलसीपुरमा पूर्व राजा वीरेन्द्र शाहको शालिक राखिएको छ

  चैत १४, २०७८

तुलसीपुर, १४ चैत्र । दाङको तुलसीपुरमा पूर्व राजा वीरेन्द्र शाहको शालिक राखिएको छ । सोमबार बेलुकी पाँच बजेर पाँच मिनेट जाँदा पूर्वराजा वीरेन्द्रको अर्धकदको शालिक राखिएको तुलसीपुर उपमहानगरपालिका–५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले जानकारी दिनुभयो । शालिक राखिएको ठाउँलाई यस अघि पनि वीरेन्द्र चोकको नामले चिन्ने गरिन्थ्यो । यस अघि वीरेन्द्रको शालिक हटाएपछि कतिपयले गणतन्त्र चोक पनि भन्ने गरेका थिए ।
शालिक ललतिपुरबाट २ लाख ५० हजार रुपैयाँमा किनेर ल्याएको वडा अध्यक्ष शाहले बताउनुभयो । अध्यक्ष शाहका अनुसार शालिक ल्याउनका लागि विभिन्न व्यक्तिहरुले सहयोग गरेको र त्यो केहि दिनभित्र सार्वजनिक गरिने भएको छ । जनआन्दोलन २०६२/६३ मा आन्दोलित तत्कालिन नेकपा  माओवादीले पूर्व राजा वीरेन्द्रको शालिक तोडफोड गरेर हटाएका थिए ।

शालिक राख्ने क्रममा सर्वसाधरणको भिडसमेत लागेको थियो । यसैचि वडा अध्यक्ष शाहले शालिक राख्नका लागि, स्थानीय प्रशासन, राजनीतिक दल, पत्रकार सबैको सहयोगी भूमिका रहेको भन्दै धन्यवाद समेत दिनुभएको छ । वडा अध्यक्ष शाह नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।  

तपाईंको प्रतिक्रिया

थप खबर